
असार २५, काठमाडौं । पूर्वेली गायिका अन्जु गौतमको तिजको गीत ‘माइतीको आँगन’ बजारमा आएको छ ।
नरेश खड्काको मौलिक शब्द र बलराम समालको संगीतमा तयार भएको गीत, गायिका गौतमको स्वरमा बजारमा आएको हो ।
गीतमा माइतीको आगँनमा पुग्दाको र आमाको काखमा आनन्द भएको भाव गरिएको छ ।
पूर्वेली कला केन्द्रको प्रस्तुतीमा बजारमा आएको गीतको भिडियोलाई तुलसी घिमिरे समर्पणले निर्देशन गरेका हुन् । भिडियोमा ज्योती, प्रकृति र एलिनाले अभिनय तथा नृत्य गरेका छन् ।