• गायक उत्तमको ‘जीवन भरी’

    म्यूजिक खबर
    प्रकाशित: २४ असार २०७४, शनिबार

    असार २४, काठमाडौं । गायक उत्तम मगर आफ्नो पहिलो गीत ‘जीवन भरी…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भएको छ । आधुनिक शैलीको ‘जीवन भरी…’ गीतको म्युजिक भिडियोले यूट्युबमा सफलता पाएको हो ।

    musickhabar (1)
    रवि लामाका मार्मिक शब्दहरुको उक्त गीतलाई चित्र तामाङले संगीतबद्ध गरेका छन् । बलराम समाल यो गीतका संगीत संयोजक हुन् । चण्डिप्रसाद काफ्लेसंग विगत केही वर्षदेखि शाष्त्रिय संगीतको प्रशिक्षण लिइरहेका गायक उत्तम मगरले पहिलो गीतबाटै आफ्नो सम्भावना व्यक्त गरेका हुन् ।

    musickhabar (2)
    विभोर पोखरेलद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो गीतका शब्द जत्तिकै मार्मिक बनेको छ । म्युजिक भिडियोमा निर्देशक पोखरेलले वैदेशिक रोजगारीमा गएका नेपाली युवकको रोजगारीकै क्रममा निधन भएपछि स्वदेशमा रहेका परिवारको विचल्लिलाई कारुणीक शैलीमा प्रस्तुत गरेका छन् ।


    म्युजिक भिडियोमा मोडल रोशन लामा तथा अभिनेत्री सम्पदा बानिया“ले उत्कृष्ट अभिनय गरेका छन् । रोशन कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम कल कान्तिपुरको प्रस्तोतासमेत हुन् । पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा उनले आफ्नो अभिनय प्रतिभा प्रस्तुत गर्दै आएका छन् । टेकेन्द्र शाहद्वारा सम्पादित उक्त म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायांकन गरेका हुन् ।
    यस्तो छ जीवन भरीको म्युजिक भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु