
३० पुष, काठमाडौं । गीतकार दीप गिरीको शब्द सृजना रहेको गीतको म्यूजिक भिडियोलाई बुढासुब्बा म्यूजिक कम्पनीको युट्युब मार्फत सार्वजनिक गरेको छ । भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको सुमधुर स्वरमा सजिएको उक्त गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएका छन् ।
शान थापाको निर्देशन तथा सौराप लामाको छायांकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन सपिम पराजुलीले गरेका हुन् । म्यूजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको अभिनयले गीतका शब्दहरुलाई जीवन्तता प्रदान गरेको छ ।