• गायक सुर्य खड्का र शिव अखेली को तिज गीत रुपावती सार्बजनिक हेर्नुहोस् भिडियो 

    म्यूजिक खबर
    प्रकाशित: २ श्रावण २०७५, बुधबार

    म्युजिक खवर

    साउन ३//काठमाडौ

    पछिल्लो समय नेपाली लोक सांगीतिक क्षेत्रमा  निकै जमेको जाडी हो गायक सुर्य खड्का र सर्जक शिव अखेली । उनै लोकप्रिय जोडीले तयार पारेको नयाँ तिज गित रुपावती भर्खर मात्र सार्वजनिक भएको छ । देवी घर्ति र सुर्य खड्काको आवाज रहेको सो गितमा लय सिर्जना सुर्य खड्काले गरेका हुन भने शव्द सुर्य खड्का र शिव अखेली मिलेर लेखेका हुन । गितले माया प्रेमलाई निकै उत्कृष्ट रुपमा उठाएको छ । गितको सम्पुर्ण पक्ष राम्रो छ । गितलाई स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन ।  प्रकाश सपुत,अञ्जली अधिकारी र रिना थापा मगरको अभिनय रहेको छ । करिब २ दर्जन बढी तिजका गीत सिर्जना गरेका शिव र आधा दर्जन बढी गीतहरू मा आवाज भरेका सुर्य रुपावती लाई सबै पक्षमा उत्कृष्ट बनाउने प्रयास गरेको र अरु सबै गीतहरू जस्तै यसलाई पनि दर्शक श्रोताको उत्तिकै माया मिल्ने मा ढुक्क रहेको हामी लाई बताए ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु