• गायत्रीले फर्काइन् शशिलाई

    म्यूजिक खबर
    प्रकाशित: १ माघ २०७१, बिहीबार

    काठमाडौं । करिब दुई वर्षपछि मोडल तथा अभिनेत्री शशि खड्कालाई जादू मायाले फर्काएको छ । पछिल्लो आफू अभिनीत चलचित्र ‘किन किन’ फ्लप भएपछि उनी अभिनयकर्मबाट टाढिएकी थिइन् । तर, शशि अहिले गायिका तथा गीतकार गायत्री थापाको ‘के छ र जादू मायाको’ बोलको म्युजिक भिडियोमार्फत पुनः रंगीन दुनियाँमै फर्केकी छन् । गायिका गायत्रीको उक्त गीतको म्युजिक भिडियोमा शशिले निकै ग्ल्यामरस नृत्य गरेकी छन् ।
    विभिन्न टेलिभिजन तथा सोसस मिडियामार्फत सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियोमा शशिसँग बब्बु थापाले मोडिलिङ गरेका छन् । पुजा थापामगरको शब्द र गायक खुमन अधिकारीको लय रहेको गीतमा गायत्रीलाई स्वरमा खुमनले साथ दिएका छन् ।
    शशि चलचित्रमा अभिनय गर्नअघि पनि म्युजिक भिडियोबाटै चम्किएकी हुन् । तर, चलचित्रमा अभिनय गरेपछि उनी मोडलिङबाट समेत हराएकी थिइन् । कलाकारिता सानैदेखिको रुचि भएकाले पुन कलाकारितालाई निरन्तरता दिन आफू फर्किएकी शशिको भनाइ छ । शशिले स्कुले उमेरमै टेलिसिरियलमा अभिनय गरेर कलाकाकारिता सुरु गरेकी थिइन् ।
    गायिका गायत्रीले शशिसँग काम गर्ने पहिल्यै सोच बनाएको बताइन् । ‘शशि हराइसकेकी थिइन्, तर उनीसँग काम गर्ने सोच पहिल्यै बनाएकी थिएँ’ गायत्रीले भनिन्, ‘धेरै मोडलसँग काम गरिसकेकाले पनि शशिलाई ल्याएकी हुँ ।’ गायत्री शशिको असतुष्टि पनि छु । उनीसित काम गर्न सजिलो पनि छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु