• गायनसँगै मोडलिङमा मेलिना (हेर्नुहोस् भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १२ मंसिर २०७४, मंगलवार

    मंसिर १२, काठमाडौं । पाश्र्व गायनमा व्यस्त बनेकी कर्णप्रिय स्वरकी धनि गायिका मेलिना राईले पछिल्लो समयमा मोडलिङ पनि गरेकी छिन् । गायिका मेलिना राईको जादुमयी स्वरले सजिएको र उनकै अभिनय रहेको ‘मेरो जिन्दगीको’बोलको गीत सार्वजनिक भएको छ । उनलाई भिडियोमा रेवत राईले साथ दिएका छन् ।

    सार्वजनिक गीतमा जगत नबोदितको शब्द, तारा प्रकाश लिम्बुको सङ्गीत रहेको छ । अलग एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियोलाई मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    ओम प्रसाईको छायाङ्कन रहेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

    यस्तो छ ‘मेरो जिन्दगीको गीतको म्युजिक भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु