• गायिका अधिकारीको ‘पानको मिसी, हुकुमको चौका…’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०७५, बुधबार

    १९ बैशाख, काठमाडौँ । लोकप्रिय गायिका तथा मोडल सुनिता अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । समुधर स्वरकी धनी सुनिताले आफ्नो सातौँ गीतको रुपमा ‘पानको मिसी हुकुमको चौकाले…’ बोलको गीत बजारमा ल्याएकी हुन् । यो गीतमार्फत उनले अभिनय पनि सुरु गरेकी छिन् ।म्युजिक नेपाल र तिर्सना म्युजिक प्रालिले निर्माण गरेको भिडियोमा सुनितासँगै रामजी खाँडको बेजोड अभिनय र नृत्य छ ।

    शिव हमालको लय र सिर्जना रहेको गीतमा सुनिता र गायक भगीरथ चलाउनेको स्वर छ ।
    प्रकाश भट्ट निर्देशित भिडियो साइ भिजन प्रालिले निर्माण गरेको हो । जसलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु