• गायिका अनिता चलाउनेको ‘आहै दिल चोरेर लग्यो’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ४ फाल्गुन २०७३, बुधबार

    फागुन ४, काठमाडौं । सुन्दर रुप तथा मिठो स्वरकी धनी गायिका अनिता चलाउनको नयाँ गीत सार्वजनिक भएको छ । छोटो समयमा निकै चर्चित र व्यस्त गायिका अनिता चलाउनेको स्वरमा ‘आहै दिल चोरेर लग्यो’ बोलको गित भर्खरै बजारमा आएको हो । रक्षा म्युजिकले बजारमा ल्याएको गीतमा अनिता र गणेश बुढाको सुमधुर स्वर सुन्न पाइने छ ।

    Anita-Chlaune

    गीतको म्यूजिक भिडियोमा रश्मि तामाङ र मुकुन्द जिसिको अभिनय रहेको छ । गितको शब्द भने सिपी मगरको रहेको छ । हालै मात्र बजारमा आएको यो दोहोरी गितले दर्शकहरुको मन जित्न सफल हुने विश्वास गायिका चलाउनेले लिएकी छिन् ।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु