• गायिका देविकालाई नारी सम्मान

    म्यूजिक खबर
    प्रकाशित: ६ भाद्र २०७१, शुक्रबार

    काठमाडौं, ६ साउन । नजिकिँदै गरेको तिजको अवसर पारेर गायिका देविका बन्दनालाई नारी सम्मानबाट सम्मानित गरिएको छ । लामो समयदेखि गायन क्षेत्रमा पु¥याइएको योगदानको कदर गर्दै उनीहरुलाई गायिका बन्दनालाई नारी सम्मान प्रदान गरिएको हो । लायन्स क्लब अफ काठमाण्डू डायमण्डले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी गायिका देविका बन्दनासहित अभिनेत्री करिश्मा मानन्धर, संचारकर्मी अनिता विन्दू, साहित्यकार मोमिला, स्वास्थ्यसेवी डा.चन्दा कार्की, समाजसेवी दुर्गा घिमिरे, सौन्दर्यकर्मी रुवी राणा, खेलाडी संगीना वैद्य, शिक्षासेवी दीपिका रिमाल थापालाई नारी सम्मान २०७१ बाट सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाको हातबाट उनीहरुलाई सम्मान प्रदान गरिएको हो । लायन्स क्लब अफ काठमाण्डू डायमण्डले विभिन्न क्षेत्रका नारीहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै थापाले नारीहरुलाई हौसला प्रदान गरेर समाज निर्माणमा अगाडि बढ्न हौसला बढेको बताए ।

    devika

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु