• गायिका निर्मला गर्वुजाको गिती एल्बम “राहुघाटको सेरोफेरो” बिमोचन

    म्यूजिक खबर
    प्रकाशित: ९ कार्तिक २०७२, सोमबार

    हिरा बुढाथोकी/म्याग्दी


    गत असोज २५ गते म्याग्दीको झिँ मा महेन्द्र मा.वी झिँले आयोजना गरेको बिजया दशमी तथा शुभ दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा सिद्व युवा क्ल्ब झिँले समन्वयन गर्दै गायिका निर्मला गर्वुजाको गिती एल्बम “राहुघाटको सेरोफेरो” बिमोचन भएको छ ।

    विद्यालयका प्रधानध्यापक यामबहादुर शेर्पुन्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गर्बुजाको गिती एल्बम “राहुघाटको सेरोफेरो” बिमोचन भएको हो । एल्बममा साँस्कृतिक तथा प्रबर्दनात्मक गीत मन मोहक सुन्दरता र सालैजो सहित दुइ गीत रहेको छ ।

    FB_IMG_1444905003647

    दुइवतै गीत कन्चन सुशिल म्युजिक प्रा.लि काठमाण्डौ द्वारा बजार ब्यबस्थापन भएको गायिका गर्बुजाले जानकारी गराएकी छन । प्रबर्दनात्मक गीत मोहक सुन्दरतामा उत्कृष्ट शब्द भरेकाछन टेक थजाली मगरले भने लय संगीत प्रबिण छन्त्यालको रहेको छ । झलक संगितमको एरेन्ज रहेको उक्त गीत राजधानीको अनामनगर स्थित अलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो । यस गीतमा गायिका गर्बुजा र गाएक अमित विस्वकर्माको स्वर रहेको छ । त्यस्तै सोही एल्बममा रहेको सालैजो गीतमा लय तथा शब्द सुर्य घटानेको रहेको छ भने बिबी अनुरागीले एरेन्ज गरेका छन । बबर महल स्थित पृज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा गर्बुजाले आफ्नै स्वर भरेकी छिन पुरुष आवाजमा कमल विस्वकर्माले साथ दिएका छन ।

    deep45-1

    विद्यालयका शिक्षक खोमराज उपाध्याय र बिन्दु गुरुङको सञ्चालन तथा कृष्ण कुमारी थजालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अभिभावक संघका अध्यक्ष डेकप्रसाद गर्बुजा र चुमाया थजालीले मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा हास्य कलाकार रबी कार्की, लोक गायक यमन अर्मजा, डेक पुन र गुन पुर्जाको पनि सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो

    गायिका गर्बुजा पहिलो म्याग्दी लोक आइकन उपबिजेता समेत हुन । उनले यसअघी दर्जन बढी गीत बजारमा ल्याइसकेकी छिन । म त यु.के लाहुरे,देउरालीमा धजा, सम्झेर आउनु है बेनी जस्ता चर्चित गीतहरुमा गर्बुजाले स्वर दिएकी छन । रेकर्ड भएर बजारमा आउन बाँकी गीत कृम पाउदर , आँधी आएनी छन भने केहि गीतहरु रेकर्डिङको तैयारीमा रहेको उनले बताइन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु