• गायिका पूर्णिमाको नाता सबै टुटेपछी (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७४, आईतवार

    २५ चैत, काठमाडौं । युट्युबबाट एकाएक चर्चाको शिखरमा रहेकी गायिका पूर्णिमा लामाको आवाज रहेको नया गीत ूनाता सबै टुटेपछीू सिडिएम म्युजिकको प्रस्तुति आकाश लिम्बुको शब्द,राजु कार्कीको एरेन्जर,राज रोबर्ट अजनबिको संगीत,अधिनायक मान सेरचनको सम्पादन र सन्दीप अधिकारीको छायांकन रहेको छ।

     

    सेवा इन्टरटमेन्ट स्टुडियोमा छायांकन गरिएको यस गीतलाई रेकर्ड तथा मिक्सिङमा मुस्कान मुकारुङ राईले सघाएका हुन् भने गीतमा सबैले नाता तोडेपछिको शब्दलाई सर्जकले दर्साएका छन् ।

    धादिङ गल्छी गाउँपालिका मछेदी खोलाकी नवगायिका पूर्णिमा लामा थिङ सानैदेखि गीतसंगीतका पारखी थिइन् । तामाङ सेलो लगायत विभिन्न विधाका गीतहरु गाइसकेकी पूर्णिमाको विधा भने आधुनिक हो। हाल १२ कक्षामा अध्ययनरत पूर्णिमाले छोटो समयमा तीन दर्जन भन्दा गीतहरुमा आवाज दिइसकेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु