• गायिका मञ्जुलाई ‘आयो दशैंं’ (भिडियो सहित हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १ आश्विन २०७४, आईतवार

    असोज १, २०७४ काठमाडौं । नेपालीहरुको महान पर्व दसैं नजिकएि सँगै दशैंं बिशेष गीतहरु बजारमा आउने क्रम बढन् थालेको छ । चाड पर्वमा बजारमा आउने गीत संगितले पनि थप रौनकता थपिदिन्छ ।

    दसैं पर्वलाई मध्य नजर राखेर गायिका मञ्जु पौडेलले दशैंं बिशेष गीत ‘आयो दशैंं’ सार्बजनिक गरेकी छन् । दशैंं आयो खुसी ल्यायो रमाउनु पर्छ रमाउ भन्ने गीतमा मुख्य भाव रहेको छ । दशैंं सँगै चारैतिर रमाइलो घमाइलो प्रति भाव गीतमा समाबेश रहेको गायिका मञ्जुले बताइन् ।


    दशैंं पर्वले सबैतिर खुसियाली रमाइले ल्याएको हुन्छ गायिका मञ्जुले भनिन् ‘अझ झनै यो गीत सुनेर थप दशैंंको रौनकता ल्याउनेछ ।’ चाड पर्वसँग सम्बन्धीत रहेर बजारमा आउने गीतहरुले पर्वको महत्व, सँस्कृतिलाई संरक्षण र सांगीतिक माहोलले झनै रमाइलो थप्ने गायिका मञ्जुले बताइन् ।

    चाड पर्व र पर्व बिशेषमा ल्याइने गीतहरुमा हाम्रा मौलिक कला सँस्कृतिहरु पनि जोडिएका हुन्छन् मञ्जुले भनिन् ‘पर्व बिशेष गीहरुले चाडपर्वको महत्वलाई झल्काएका हुन्छन् ।’ यस वर्षको दशैंलाई थप रमाइलो बनाउनको लागी आफनो बजारमा आएको दशैंको सांगीतिक कोसेलीले रमाइलो मय बनाउने आशामा रहेको गायिका पौडेलले बताइन् ।

    मञ्जु पौडेल र लोकनाथ सापकोटाको सुमधुर स्वर रहेको गीतमा लोकनाथ सापकोटाकै शब्द संगीत रहेको छ । बि.एम.एस. फिल्मस् प्रालिले बजार व्यवस्थापन गरेको गीतमा गायिका मञ्जु र लोकनाथले अभिनय गरेका छन् ।

    गीतको पुरा भिडियो हेर्नुहोस् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु