• गायिका सुमी मोडल बनेपछि… (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २४ जेष्ठ २०७३, सोमबार

    काठमाडौं । सुमी चाम्लिङ राई गायिका हुन् । तर, पछिल्लो समय भने उनी मोडलका रुपमा देखिएकी छन् । सुमीले आफ्नो पछिल्लो गीत ‘बोले पनि नबाले पनि माया बस्दोरै’छ…’ बोलको गीतलाई भिडियोमा ल्याएकी हुन् ।
    गीतमा उनले मायाको अर्थ खोजेकी छन् । आफ्नो गीतको भावलाई जीवन्त पार्न भिडियोमा आफैले अभिनय गरेकी छन् । सुमधुर स्वरकी सुमीले भिडियोमा अभिनय पनि राम्रै गरेकी छन् । उनी पहिलोपटक मोडलका रुपमा प्रस्तुत भएकी हुन् तर, अभिनय व्यवसायिक मोडलहरुको भन्दा कम छैन ।

    sumi-2
    विभिन्न टेलिभिजन र यु–ट्युबमार्फत एकसाथ सार्वजनिक गरिएको यस भिडियोमा सुमीले मोडल सुदितसँग रोमान्स गरेकी छन् । युवतीले चाहे माया–प्रेम हुन कति पनि समय लाग्दैन भन्ने भाव भिडियोमा दर्साएको छ ।
    आफ्नो गीतमा आफै मोडल बनेपछि सुमीले भनिन्, ‘अरु गायिकाले गर्छन् भने मैले किन गर्न नहुने भनेर गरेकी हुँ ।’ यस गीतबाट आशावादी रहेको पनि उनले बताइन् ।
    कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चाम्लिङ इन्टरटेनमेन्टको व्यवस्थापनमा आएको यस गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु