• गीतकार खरेललाई ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत’ पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: १६ माघ २०७३, आईतवार

    kiran_kharel_370663163 copy

    माघ १६, काठमाण्डौ । नेपाली आधुनिक तथा चलचित्र गीति लेखनका पिता मानिन्छन् गीतकार किरण खरेल । उनले थुप्रै कर्णप्रिय र कालजयी गीतहरु सुम्पिएका छन् सङ्गीत जगतका लागि । नेपाली सङगीतको विकास र उन्नतीका लागि लामो समयदेखि उत्कृष्ट गीतहरुद्वारा योगदान पू¥याए वापत ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत’ पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ ।

    राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यू द्वारा हस्तान्तरण गरिने सो पुरस्कार समारोह अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा हुने छ । माघ १७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा अपरान्ह २ः३० वजे पुरस्कार समर्पण समारोहको आयोजना हुनेछ । सो पुरस्कारको संस्थापक प्राज्ञ, वरिष्ठ गीतकार उन्नती बोहरा ‘शीला’ हुन् ।

    म्यूजिक खबरका तर्फबाट हार्दिक बधाई छ लामो समयदेखि अब्बल गीतहरु सिर्जना गर्दै आएका गीतकार किरण खरेललाई ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु