• गीतकार देवकोटालाई पितृशोक

    म्यूजिक खबर
    प्रकाशित: २६ आश्विन २०७२, मंगलवार

    काठमाडौं । गत भदौ २८ मा सम्पन्न भएको चौथो म्यूजिक खबर म्यूजिक अवार्डमा उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्न सफल गीतकार विश्व देवकोटालाई पितृशोक परेको छ ।
    जराङ–३, गोर्खामा १९९८ आश्विन १ गते जन्मिएका उनका पिता वेदप्रसाद देवकोटाको गत आश्विन २१ गते असामयिक निधन भएको हो । विगत लामोसमयदेखि विभिन्न रोगबाट ग्रसित बनेका देवकोटालाई पछिल्लो समय दम रोगले च्याप्दै गएपछि मोडल अस्पतालमा आइसियूमा राखेर उपचार गरिरहिएको थियो । देवकोटाको उपचारमा संलग्न डाक्टरहरुले उपचारमा सुधार नदेखिएको बताएपछि देवकोटालाई वनस्थलीस्थित घरमा लगिएको थियो । ७४ वर्षीय देवकोटाको निधनले गीतकार विश्व देवकोटाको परिवारप्रति पर्न गएको शोकको घडीमा म्यूजिक खबर परिवार हार्दिक समवेदना प्रकट गर्दै देवकोटाको मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

    Bed Prasad Devkota
    गीतकार विश्व देवकोटा शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् भने उनी बालकथाकारका रुपमा पनि परिचत छन् । देवकोटाको अन्तरध्वनि आधुनिक गीत गजलको एल्बम बजारमा आइसकेको छ भने अर्को गीतिसंग्रह प्रकाशनको क्रममा छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु