• गीतकार संघको शुभकामना आदानप्रदान

    म्यूजिक खबर
    प्रकाशित: २४ कार्तिक २०७२, मंगलवार

    काठमाडौं । गीतकार संघ नेपालले हिन्दूहरुको महान चाड तिहार एवं शुभदीपावली, छठ, नेपाल सम्वतको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । गीतकार संघको कार्यालय रहेको भवनमा नै एक कार्यक्रमको आयोजना गरी संघले आफ्ना गीतकार सदस्यहरुलाई दीपावलीको शुभकामना दिँदै पूजाआजा गरेर सेल रोटी खुवाएको थियो ।
    संघका अध्यक्ष योगेन्द्रमणी दाहालको सभापतित्वमा आयोजना भएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा गीतकार सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गर्दै संघले तत्काल समस्या समाधान गरी देश र जनतालाई सहज वातावरण प्रदान गर्न अनुरोध गर्दै तिहारको कार्यक्रम आयोजना गरेको थियो । मुलुकमा भएको अभावको वातावरण तत्काल हटाउन सरकारलाई अनुरोध गर्दै संघका अध्यक्ष दाहालले गीतकार सदस्यहरुलाई मुलुकको स्वामिमान जोगाउन जस्तोसुकै संकट आइपरे पनि तयार रहन आग्रह गरेका थिए । कार्यक्रममा गीतकार दिनेश अधिकारी, जगतमर्दन थापा, विश्वबल्लभ, रविन्द्र आशिष शैली लगायतका गीतकारहरुको उपस्थिति रहेको थियो ।

    basanta-shushila rabindra-shanti-suman yogendramani

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु