![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
न्यूयोर्क । क्यान्सर पीडित गायिका तारा थापा र मृगौला पीडित संगीतकार सुक गुरुङको सहयोगार्थ गरिएको फण्डिङ प्रोग्राममामा न्यूयोर्क गुन्जिएको छ । गायिका थापा र संगीतकार गुरुङको उपचारका लागि खर्च जुटाउन नेपाली अमेरिकन कलाकार संघ अमेरिकाले फण्डिङ प्रोग्रामको आयोजना गरेको थियो । मार्च ८ तारिखमा भएको उक्त कार्यक्रममा गायक नरेन्द्र प्यासी, कन्हैया सिंह, विमल डाँगी, यम बराल, बलराम समाल, गायिका अन्जना गुरुङ, शर्मिला बर्देवा, अभय ढुुङ्गेल, पबित्रा परियार, संगिता मुखिया, राजेन्द्र राई, गीता वल्लाकोटी, तिलक श्रेष्ठ, श्याम गुरुङ, श्याम नेपाली, बसन्ती राई, सानु लामा, आङगेलु शेर्पा लगायतका गायक गायिकाले प्रस्तुति दिएका थिए । कार्यक्रमा सुक गुरुङको बारेमा पत्रकार प्रदिप थापा मगर तथा तारा थापाको बारेमा सञ्चारकर्मि शैलेश श्रेष्ठ तथा गायक यम बरालले मन्तब्य राखेका थिए ।कार्यक्रममा थापाले गाएका गीतहरु र गुरुङका संगीतमा गाइएका गीतहरुको प्रस्तुति दिइएको थियो ।
फण्डिङ कार्यक्रमबाट ९ हजार अमेरिकन डलर सहयोग उठेको संघका उपाध्यक्ष कन्हैया सिंहले म्यूजिकखबरलाई जानकारी दिए । सहयोग रकम अझै उठ्ने सम्भावना भएको र उठेको रकम दुवै स्रष्टालाई बराबर दिएर उनीहरुको उपचारमा सहयोग पु¥याउने गायक सिंहले बताए । उक्त रकम नेपालमा एक कार्यक्रमको आयोजना गरी छिट्टै नै हस्तान्तरण गर्ने संघका उपाध्यक्ष सिंहले बताए ।