• गुरुङको स्वास्थ्यमा सुधार

    म्यूजिक खबर
    प्रकाशित: १२ फाल्गुन २०७१, मंगलवार

    काठमाडौं । राष्ट्रगानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ । गएको बिहिवार घरमा अचानक लडेपछि गुरुङलार्इ उपचारका धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुर्याइएको थियो।
    केही समययता पार्किन्सन्स र मधुमेहका कारणबाट पीडित गुरुङ अचानक अचेत भएर लड्नु भएपछि उनको टाउको र हातमा चोट लागेको थियो। उपचारमा संलग्न डाक्टरहरुको अनुसार गुरुङको हातको चोट निको भइसकेको र स्वास्थ्यमा पनि क्रमिक सुधार भैरहेको बताइएको छ । बुड्यौलीसँगै पार्कीन्सन्स र मधुमेहले निम्त्याएको शारिरीक कमजोरीका कारण गुरुङलाई उच्च निगरानी राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु