• ‘गुल्मेली बस्ती’मा मन्जु र बाबुराम आमने-सामने हुँदा … हेर्नुहोस भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७४, आईतवार

    फागुन २७, काठमाडौं । लोकप्रिय गायिका मन्जु पौडेल र बाबुराम पन्थी गुल्मेली बस्तीमा आमने–सामने भएका छन् । त्यहाँ उनीहरुले एक अर्कालाई मन पराएको भाव व्यक्त गरेका छन् । प्रसंग हो भर्खरै सार्वजनिक भएको पञ्चेबाजा भाकाको लोक गीत ‘गुल्मेलीको बस्ती’ । जसलाई बिएमस फिल्मसले बजारमा ल्याएको छ ।

    गीतका शब्दलाई विष्णु खत्रीले लेखेका हुन् भने संगीत पनि उनकै छ । त्यस्तै गीतमा बाबुराम पन्थी र मञ्जु पौडेलले स्वर दिएका छन् भने गीतको भिडियोमा पनि बाबुराम र मञ्जुकै अभिनय छ ।

    भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । क्यामेरा राजेश घिमिरेको छ भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।
    हेर्नुहोस् भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु