• घुम्न लण्डन पुगेका कार्की गीत गाउनमा व्यस्त

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७२, बिहीबार

    लण्डन । नेपाली सुगम संगीतमा सदाबहार गायकको रुपमा चिनीएका गायक आनन्द कार्की यतिबेला लण्डनमा धुम मचाइरहेका छन् । व्यक्तिगत भ्रमणका लागि लण्डन पुगेका कार्कीको भ्रमण सांगीतिक भ्रमण बन्न पुगकेको छ । केहि व्यक्तिगत काम सहित रिफ्रेस हुने बहानामा लण्डन गएता पनि फ्यानहरुको मायाले उनलाई त्यहाँ पनि उतिकै व्यस्त बनाएको छ । लण्डन पुगेलगतै हालसम्म उनले ८ भन्दा बढी प्रस्तुति दिइसकेका छन् भने सोको दोब्बर संख्यामा अफरहरु आइरहेका छन् । १५ दिनमा स्वदेश आउने सोचाई लिएर लण्डन पुगेका उनलाई यतिबेला फ्यान तथा आयोजकहरुको माया तथा आग्रहले उतै अड्काएको छ । ३० वर्ष अघि गीत गाउन थालेका सुगम संगीतका हिट गायकको लोकप्रियता संसारभरका हरेक नेपाली माझ उतिकै रहेको पाइएको छ ।
    एउटा प्रोगाममा प्रस्तुत भए लगतै अर्को प्रोगामका लागि डिमाण्ड भइरहेको छ । यसरी लण्डनबासी नेपालीहरुको अपार माया पाएर दङ्ग भइरहेका कार्कीले स्वदेश फर्किने मिती समेत तय गर्न सकेका छैनन् । ‘दशैं बिदालाई लण्डन घुमेर स्मरणीय बनाउने उदेश्यले आएको थिएँ, तर यहाँका शुभेच्छुक, दर्शक तथा स्रोताको मायाले अविस्मरणीय नै बनाइदिनुभयो’ कार्कीले भने – लण्डनमा झन् आत्मियता बढी पाएँ, राष्ट्रीयता पाएँ । गायक कार्की लगायत संगीतकार शिखर सन्तोष सहितको टोली अहिले लण्डनमा थप लोकप्रिय बनिरहेका छन् । गायक कार्की, संगीतकार सन्तोष लगायतको टोलीलाई हाम्रो शुभकामना ।

    aananda_karki_uk

    aananda_shikhar santosh

    aanand karki

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु