• चर्चामा राजेशको आहा साइली

    म्यूजिक खबर
    प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

    १५ चैत, काठमाडौं । राजेश बर्देवा लोक दोहोरीबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका व्यक्ति हुन् । रेडियोकर्ममा मोफसलदेखि नै अब्बल बनाउँदै आएका राजेश बर्देवा कुशल उद्घोषक भएर धेरै कार्यक्रमहरु संचालन गर्दै आएका छन् । त्यसो त उनी विज्ञान विषयका राम्रा शिक्षक पनि हुन् । केही समय अध्यापनसमेत गराएका उनी गीतसंगीतको पाटोलाई भने निरन्तर रुपमा अगाडि बढाउन लागिपरेका छन् ।

    गायन क्षेत्रमा आफूलाई फरक स्थानमा उभ्याउने प्रयासमा निरन्तर लागेका राजेश बर्देवा यतिबेला भने लोकपप शैलीको गीत ‘साइली’ लिएर आएका छन् । फरक शैलीमा रेकर्ड भएको साइली गीतको बजारमा चर्चा पनि चलिसकेको छ । आहा साइली डान्सिङ बिटमा तयार गरिएको छ । श्रीकृष्ण बममल्लको शब्द र संगीत एवं आशिष अबिरलको एरेन्जमेन्टमा तयार भएको यस गीतमा राजेशको स्वर समावेश भएको छ ।

    माया जालमा पा¥यो मायाले, बोर भयो मायालु गितार बजाइदेउ, मत सानू बिरानो गाउँको हो, घुम्ती नीर सिसाको ऐना लगायत उनले दर्जनौ गीतमा आवाज दिएका राजेश पछिल्लो समय विभिन्न मेला महोत्सवका स्टेज कार्यक्रममा पनि अति ब्यस्त बन्दै आएका छन् ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल जिल्ला शाखा बाग्लुङका अध्यक्षसमेत भएर आफुलाई नेतृत्वमा तहमा उभ्याएका गायक बर्देवाले बाग्लुङ जिल्लामा रहँदा संचार क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल भएका थिए । लोक गीत संगीतको संरक्षण, प्रबद्र्धन एवं विकास र विस्तारमा सम्पूर्ण तह र तप्काबाट महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने सोचमा रहेका गायक बर्देवा पछिल्लो समयको लोकसंगीतको क्षेत्रलाई मौलिकता भन्दा पर लैजान नहुने बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु