• चर्चा बटुल्दै सुमीको माछा पानीमा

    म्यूजिक खबर
    प्रकाशित: १९ पुष २०७२, आईतवार

    गायिका एवं गीतकार सुमी घिमिरे सापकोटाको नयाँ गीतिसंग्रह माछा पानीमा यतिबेला सामाजिक सञ्जाल, यूट्यूबमा चर्चा बटुल्ने क्रममा छ । केही समय पहिला मात्र सार्वजनिक भएको यो गीतको म्यूजिक भिडियोपछि गीतकार एवं गायिका सुमीको सांगीतिक जीवनको धरातल प्रष्ट भएको छ । माछा पानीमा मरिलानु के छ र नाचौं गाऔं रमाऔं जिन्दगानीमा बोलको गीत समावेश भएको यसगीतमा जिन्दगीको यथार्थतालाई प्रष्ट पारिएको छ । सुमीको शब्द एवं संगीतमा तयार भएको यो गीतमा सुमी घिमिरे सापकोटा र प्रकाश सपुतको स्वर रहेको छ । म्यूजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने राजेश घिमिरेको छायाँकन रहेको छ । प्रकाश सपुत र रश्मी तामाङको अभिनय रहेको छ । विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आएको हो ।

    sumi ghimire_machha panima

    sumi Ghimire sapkota1

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु