• चर्चित ¥यापर यम बुद्दको निधन

    म्यूजिक खबर
    प्रकाशित: १ माघ २०७३, शनिबार

    माघ १, काठमाण्डौ । चर्चित ¥यापर यम बुद्दको ३० बर्षको उमेरमा निधन भएको छ । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको उनी निकट श्रोतले जनाएको छ । सन् १९८७, ३० मेमा धरानमा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दै आएका थिए । परिवार श्रोतले उनले आत्महत्या गरेको जनाइएको कुरा संचार माध्यममा आएको छ । अधिकारी गायनको दुनियाँमा यम बुद्धको नामले परिचित थिए । बेलायतमा आफ्नो परिवरसंग बस्दै आएका उनी बिहान मृत फेला परेको जनाईएको छ । बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेको समाचार विवरणमा उल्लेख छ । उनको शव पोष्टमार्टमका लागि लन्डनको नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ ।

    yam buddha anil
    मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेको बताइएको छ । म्यूजिक खबर परिवार शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै उनको मृत शरीरप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु