• चलचित्र निमार्णमा रेखाको निरन्तरता, बन्ने भो ‘लाल मस्तिष्क’ !

    म्यूजिक खबर
    प्रकाशित: १५ फाल्गुन २०७४, मंगलवार

    काठमाडौं, १५ फागुन । लोकप्रिय नायिका रेखा थापाले नयाँ चलचित्र निमार्णको घोषणा गरेकी छन् ।  रेखा फिल्मसको पाँचौ प्रस्तुतिका रुपमा ‘लाल मस्तिष्क’ घोषणा गरिएको हो । नर कार्की, सरस्वती थापा र तारा थापा निर्माता रहने उक्त चलचित्रको निर्देशन सम्झना उपे्रतीले गर्नेछन् ।

    चलचित्र ‘लाल मस्तिक्स’ का असंख्य दृश्यहरुको छायांकन राम शरण उप्रेतीले क्यामेरामा कैद गर्नेछन् । चलचित्रको छायांकन कर्णाली प्रदेश र अन्य केही स्थानमा गरिनेछ ।

    गत लक्ष्मी पुजामा रिलिज भएको चलचित्र ‘रुद्रप्रिया’ लाई केही समय अघि मात्रै यूटुवमा सार्वजनिक गरेकी नायिका थापाको घोषित चलचित्र ‘लाल मस्तिष्क’ को स्क्रीप्ट शिबम अधिकारीले लेखेका हुन । चलचित्रको मूख्य भूमिकामा रहने कलाकारको नाम सार्वजनिक नगरिएको चलचित्र ‘लाल मस्तिष्क’मा सुरेश अधिकारीको संगीत रहनेछ ।

    द्धन्द्ध निर्देशकका रुपमा राजकुमार उपे्रती रहेनछन् । त्यस्तै नृत्य निर्देशक बसन्त श्रेष्ठलाई अघि सारिएको नायिका थालेको जानकारी दिएकी छन् । चलचित्रको कथा वस्तुको परिकल्पनाकार स्वयम नायिका रेखा थापा र नर कार्की रहने छन् ।

    हालै घोषणा गरिएको चलचित्र ‘लाल मस्तिष्क’ आगामी २०७५ साल जेठ महिनादेखि छायांकन गरिने नायिका थापाले जानकारि दिएकी छन् । वर्षमा एउटा उत्कृष्ट चलचित्र निमार्ण गर्दै आईरहेकी नायिका थापाको यो चलचित्र पनि लक्ष्मी पूजाको दिनमा प्रदर्शनमा आउने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु