• चाइनिज न्युइयर रिमिक्स धमाका

    म्यूजिक खबर
    प्रकाशित: २ माघ २०७०, बिहीबार

    काठमाडौं २ माघ । मलेसियन चाडका रुपमा लिइने चाइनिज नयाँ वर्षको अवसर पारेर गत वर्षहरुमा जस्तै यस वर्ष पनि रिमिक्स धमाका हुने भएको छ । जिरो माइल एसडीएन बीएचडीको आयोजनामा गरिन लागिएकोे रिमिक्स धमाका–७ का लागि बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराईयो । यो कार्यक्रम मलेसियाको मुख्य तीन शहरहरुमा हुन र अहिले कार्यक्रमको मार्केटिङ्ग, पोष्टरिङ्गको काम द्रुततर गतिमा अगाडि बढिरहेको कार्यक्रम संयोजक सुनिल चालिसेले पत्रकार सम्मेलनमा बताएका छन । प्रभु मोबाइलको प्रायोजनमा हुन गइरहेको सो कार्यक्रम आगामी जनवरी ३१, फेब्रुअरी १ र २ मा मलेसियाको तीन प्रमुख शहरहरु क्वालालम्पुर, जोहोरबारु, मुआरमा हुनेछ ।2 remix

    संयोजक चालिसेले कार्यक्रममा बोल्दै नेपाली कलाकारहरुले सो क्षेत्रमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान प्रदान गरेर एकातिर नेपालीहरुलाई केही समय भए पनि टेन्सनबाट मुक्त बनाएको र अर्कोतिर जिरो माइलले गरेको रिमिक्स धमाकाले नेपाली कलाकार र विदेशमा रहने नेपालीबीचको सम्बन्धलाई नजिक बनाएको बताएका छन् ।
    कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, गायिका विष्णु चेमजोङ, लोक दोहोरी गायिका मन्जु महत, गायक मिङ्मा शेर्पा लोकदोहोरी गायक शिव हमाल उपस्थित भएका थिए । उनीहरुले आफूहरु विदेशमा गएर नेपालीसँगको सम्बन्धलाई नजिक बनाउने बताउँदै सम्पूर्ण नेपालीहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताएका छन् । विदेशमा हुने कार्यक्रम नेपालमा पत्रकार सम्मेलन भन्ने पत्रकारको जिज्ञासामा आयोजक तर्फबाट चालिसेले नेपालीकै कार्यक्रम, नेपाली कलाकारको उपस्थिति र नेपालीहरुकै लागि गरिएको कार्यक्रम भएको हुँदा नेपालदेखि नै पत्रकार सम्मेलन गरिएको बताएका थिए । रिमिक्स धमाका–७ का लागि अभिनेता शिव श्रेष्ठ, गायिका विष्णु चेमजोङ, लोक दोहोरी गायिका मन्जु महत, गायक मिङ्मा शेर्पा लोकदोहोरी गायक शिव हमाल, अभिनेत्री अनु शाह, कलाकार विष्णु सापकोटा (हर्के हल्दार) कार्यक्रमका लागि जाँदैछन् ।

    1 remix
    नेपालको तर्फबाट यसभन्दा अघि प्रमोद खरेल, शिव परियार, माण्डवी त्रिपाठी, विरही कार्की, रामजी खाँड, अनु शाह, रीमा विश्वकर्मा, सुषमा कार्की, शिवशंकर रिजाल (जोगिन्दर), सुरेन्द्र केसी (मुलाको साग), भुवन केसी, दिनेश डिसी लगायतका कलाकारहरुले उक्त ठाउँमा आफ्नो प्रस्तुति दिएर आइसकेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु