• चार वर्षको राष्ट्रिय चलचित्र पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: १७ असार २०७१, मंगलवार

    काठमाडौं । चलचित्र विकास बोर्डले प्रदान गर्ने आएको राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । गत सोमबार राष्ट्रपति भवनमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति डा.रामवरण यादवको हातबाट चार वर्षका उत्कृष्ट चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गरेको हो । २०६७ देखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार बल्ल आएर प्रदान गरिएको हो । २०६७ को राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्पादन, कला निर्देशन, पटकथा, छायाँकन, अभिनेता, अभिनेत्री, निर्देशन र चलचित्र गरी ८ विधामा अवार्ड प्रदान गरिएको छ भने २०६८ बाट पनि सम्पादन, द्वन्द्व निर्देशन, पटकथा, छायाँकन, अभिनेता, अभिनेत्री, निर्देशन र चलचित्र गरी ८ विधामा अवार्ड प्रदान गरिएको छ । त्यस्तै २०६९ सालको राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्पादन, द्वन्द्व निर्देशन, पटकथा, छायाँकन, गायन, श्रृंगार, अभिनेता, अभिनेत्री, निर्देशन र चलचित्र गरी १० विधामा अवार्ड प्रदान गरिएको छ भने २०७० को चलचित्र पुरस्कारबाट पनि म्पादन, द्वन्द्व निर्देशन, पटकथा, छायाँकन, गायन, श्रृंगार, अभिनेता, अभिनेत्री, निर्देशन र चलचित्र १० विधाले अवार्ड चुमेका छन् ।

    IMG_2475
    यस राष्ट्रिय चलचित्र पुरस्कारमा जुरीहरुले चलचित्र हेरेर निर्णय गरेका थिए । ध्रुवचन्द्र गौतमको संयोजकत्वमा भएको जुरी समितिले चलचित्र पुरस्कारको निर्णय सार्वजनिक गरेका थिए । अवार्ड प्रदान गर्ने कार्यक्रमपछि राष्ट्रपति यादवले ”समकालीन समाजको चेहरा र ऐना भएकोले नेपाली चलचित्रजगत्ले सामाजिक र सांस्कृतिक मूल्य, मान्यता र मानवीय समवेदना पनि प्रखर रुपमा अभिव्यक्त गरेको” महसुस गर्दै अवार्ड बा“ड्न पाउ“दा असाध्यै खुसी लागेको बताए । चलचित्र विकास बोर्डको १५ औं वार्षिकोत्सव पारेर गरिएको समारोहमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले पनि बोलेका थिए ।

    IMG_2385

    IMG_2374

    IMG_2341

    IMG_2333

    IMG_2299

    IMG_2291

    IMG_2284

    IMG_2268

    IMG_2246

    IMG_2242

    IMG_2425

    राष्ट्रिय चलचित्र पुरस्कार २०६७
    १. सर्वोत्कृष्ट सम्पादन- २०६७ : श्री विपिन मल्ल (बाटो मुनिको फूल)
    २. सर्वोत्कृष्ट कला निर्देशन – २०६७ : श्री निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)
    ३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
    ४. सर्वोत्कृष्ट छायांङ्कन- २०६७ : श्री सञ्जय लामा (बाटो मुनिको फूल)
    ५. सर्वोत्कृष्ट अभिनेता- २०६७ : श्री आर्यन सिग्देल (कोही… मेरो)
    ६. सर्वोत्कृष्ट अभिनेत्री- २०६७ : श्री रेखा थापा (बाटो मुनिको फूल)
    ७. सर्वोत्कृष्ट निर्देशन- २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
    ८. सर्वोत्कृष्ट चलचित्र- २०६७ : बाटो मुनिको फूल (श्री रिदम फिल्मस् प्रा.लि, श्री यश कुमार)

    राष्ट्रिय चलचित्र पुरस्कार २०६८
    १. सर्वोत्कृष्ट सम्पादन- २०६८ : श्री सुरेन्द्र पौडेल (लुट)
    २. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन – २०६८ : श्री योगेन्द्र श्रेष्ठ (लुट)
    ३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६८ : श्री कर्ण शाक्य (पल)
    ४. सर्वोत्कृष्ट छायााङ्कन- २०६८ : श्री विष्णुकल्पित घिमिरे (अन्दाज)
    ५. सर्वोत्कृष्ट अभिनेता- २०६८ : श्री सौगात मल्ल (लुट)
    ६. सर्वोत्कृष्ट अभिनेत्री- २०६८ : श्री नीता ढुङ्गाना (मसान)
    ७. सर्वोत्कृष्ट निर्देशन- २०६८ : श्री उज्वल घिमिरे (अन्दाज)
    ८. सर्वोत्कृष्ट चलचित्र- २०६८ : मसान (श्री नीर सिनेमा प्रा.लि., श्री रुद्रार्थ राणा)

    राष्ट्रिय चलचित्र पुरस्कार २०६९
    १. सर्वोत्कृष्ट सम्पादन- २०६९ : श्री वनिश शाह (नोटबुक)
    २. सर्वोत्कृष्ट श्रृङ्गार- २०६९ : श्री नीमा लामा (धन्दा)
    ३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६९ : श्री देव नेपाल (मेरो कथा)
    ४. सर्वोत्कृष्ट गायन -२०६९ : श्री रजिना रिमाल (रिदम) गीतको बोल – पागल म बन्न सक्छु
    ५. सर्वोत्कृष्ट छायांङ्कन- २०६९ : श्री पुरुषोत्तम प्रधान (भिजिलान्ते)
    ६. सर्वोत्कृष्ट अभिनेता- २०६९ : श्री विल्सन विक्रम राई (रिदम)
    ७. सर्वोत्कृष्ट अभिनेत्री- २०६९ : श्री झरना थापा (फेसबुक)
    ८. सर्वोत्कृष्ट निर्देशन- २०६९ : श्री दिनेश डि.सी. (मायाज् बार)
    ९. सर्वोत्कृष्ट चलचित्र- २०६९ : नोटबुक (प्रज्ञा फिल्मस् प्रा.लि., श्री प्रज्ञा जोशी)
    १०. साँस्कृतिक चलचित्र पुरस्कार- २०६९ : सुम्निमा (श्री एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी, श्री चन्द्र वाम्बुले)

    राष्ट्रिय चलचित्र पुरस्कार २०७०
    १. सर्वोत्कृष्ट सम्पादन- २०७० : श्री लोकेश बज्राचार्य (कर्कश)
    २. सर्वोत्कृष्ट छायांङ्कन- २०७० : श्री गौरिशंकर धुजु (शिरीषको फूल)
    ३. सर्वोत्कृष्ट गीत लेखन- २०७० : श्री कृष्णहरि बराल (नाई नभन्नु ल-२) गीतको बोलः मर्ने कसैलाई रहर हुँदैन
    ४. सर्वोत्कृष्ट सङ्गीतकार – २०७० : श्री वसन्त सापकोटा (नाई नभन्नु ल-२) गीतको बोलः यी आाखामा तिमी छौं
    ५. सर्वोत्कृष्ट लेखन (पटकथा)- २०७० : श्री विनोद पौडेल (साँघुरो)
    ६. सर्वोत्कृष्ट अभिनेत्री- २०७० : श्री गरिमा पन्त (झोला)
    ७. सर्वोत्कृष्ट अभिनेता- २०७० : श्री शुशांक मैनाली (साँघुरो)
    ८. सर्वोत्कृष्ट निर्देशन- २०७० : श्री दीपा बस्नेत (अन्तराल)
    ९. सर्वोत्कृष्ट चलचित्र- २०७० : साँघुरो (श्री समीर मैनाली प्रोडक्शन, निर्माताः समीर मैनाली
    १०. साँस्कृतिक चलचित्र पुरस्कार – २०७० : (कुसुम) श्री शेर्पा आदिवासी फिल्मस् प्रा.लि., निर्माताः श्री फारा डेण्डी शेर्पा र श्री निमा शेर्पा)

    चलचित्र दीर्घ साधना सम्मान-२०७० : चलचित्र निर्माता, निर्देशक, गीतकार श्री यादव खरेल । रु ३,५१,१११।- आर्थिक राशी सहितको पुरस्कार र ताम्रपत्र ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु