• चेपाङ छात्रालाई सहयोग हस्तान्तरण

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७०, मंगलवार

    मकवानपुर, २५ चैत । मकवानपुरको डाँडाखर्कस्थित एक विद्यालयका गरिव छात्रालाई नगद ५० हजार रुपियाँ पढाई खर्च प्रदान गरिएको छ ।
    डाँडाखर्कस्थित कमलादेवी माविमा कक्षा ९ मा अध्ययनरत छात्रा मुना चेपाङलाई सुनखानी म्युजिक प्रालिका तर्फबाट नगद सहयोग गरिएको हो । सुनखानी म्युजिकले गत फागुन २९ गते काठमाडौँमा आयोजना गरेको विरही कार्की एकल साँझबाट संकलित रकम चेपाङ छात्रालाई हस्तान्तरण गरिएको हो । मनहरीमा आयोजित एक समारोहमा नगद हस्तान्तरण गर्दै लोकगायक विरही कार्कीले पढाई खर्चका लागि आफूले सहयोग गरेको बताए । स्कुलले गरिब तथा जेहेन्दार विद्यार्थीका रुपमा मुना चेपाङलाई सिफारिस गरेपछि उक्त रकम मुना चेपाङलाई हस्तान्तरण गरिएको कार्कीले बताए । उनले आगामी दिनमा पनि सामाजिक काममा सक्रियता जनाउने प्रतिबद्धता जनाउँदै सहयोग रकम उचित ठाउँमा प्रयोग हुनुपर्नेमा सचेत पारे । कार्यक्रममा स्कुलका तर्फबाट शिक्षक देवेन्द्र थिङको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा लोकगायकहरु रविनकुमार चेपाङ, सुन्दर लामा, सञ्चारकर्मीहरु भानुभक्त आचार्य, सुमन बैरागी, शिवकुमार काशी लगायतको सहभागिता रहेको थियो । सुनखानी म्युजिकले आयोजना गरेको विरही कार्की एकल साँझबाट संकलित रकम मकवानपुरको विकट गाउँकी छात्रालाई प्रदान गर्न साउदी अरबमा रहका मकवानपुरे लोकगायक तथा संकलक बुद्धिमान घिसिङले सहजीकरण गरेका हुन् । सोही अवसरमा गायक तथा संकलक बुद्धिमान घिसिङका जेठा छोराको बर्थडे पनि मनाइएको थियो ।

    muna chepang

     

     

    manpareki

     

    manhari simpani

     

    chepangb

     

    chepang

     

    chepang ba

     

    buddhiman son

     

    birthday

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु