लोक तथा दोहोरी गीति लेखनमा आफ्नो पहिचान बनाइसकेका गणेश चौलागाईंले ‘अब साइनो छैन केहि पनि’ भनेका छन् । आफ्नो मायासँग विछोडिए पछि चौलागाईंले त्यहि मायाको पुरानो यादमा तड्पिदै यस्तो भावना पोखेका हुन् । उनले आफ्नो मायालु र आफ्नो अलग अलग संसार भैसकेता पनि उनकै माया लाग्ने र उनकै यादले तड्पिएको बताएका छन् । गीत लेखनको बिधाबाट परिचित बनिसकेका चौलागाईं यसरी वास्तविक जीवनमा भने तड्पिएका होइनन् ।
गीतकार चौलागाईंको शब्दसंगीतमा तयार पारिएको वियोगान्त दोहोरी गीत ‘अब साइनो छैन केहि पनि’ को प्रसंग हो । छिट्टै नै बजारमा आउन लागेको उक्त गीतको शब्द यस्तो रहेको छ –
बेग्ला बेग्लै भएनी सन्सारै
उन्कै यादमा तड्पिन्छ मन सारै
अब साइनो छैन केहि पनि
उनी र म अर्कैका भैसकेउ अझै माया लाग्छ तेहि पनि …. ।।।
सांगीतिक दुनियाँको लोक तथा दोहोरी लेखनमा निरन्तरता दिइरहेका चौंलागाईले ‘अब साइनो छैन केहि पनि’ मा रेनु तिवारी र शिशिर भुसालसँग सहकार्य गरेका हुन् । माया प्रेममा भएको वियोगको कथा बस्तुमा तयार पारिएको उक्त गीत को म्युजिक भिडियोको छायांकन समेत सकिएको छ । चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने बिन्दाबासिनी म्युजिक बाट बजारमा आउन लागेको उक्त गीतमा देवी घर्ती मगर र शिशिर भुसालको आवाज रहेको छ । गीतकार गणेश चौलागाई र रेनु तिवारीको यस गीत अब साइनो छैन केइपनी ले पनि नेपालको सांगीतिक बजारमा चर्चा पाउने र स्रोता दर्सकको मन जित्ने कुरामा ढुक्क रहेको बिन्दाबासिनी म्युजिकका सन्चालक सुबास रेग्मि बताउँछन् ।
गीतकार गणेश चौलागाईं
समयअनुकुल आफ्ना सृजनामा स्थापित गायक गायिका देखी नव आगन्तुकसँग निरन्तर सहकार्य गरिरहेको बताउने चौलागाईका यसअघि – पागलै बनौला मेरी मायालु ,तेतातिर ठिकै होलानी , हाम्रो नाता टुट्यो के कारण, ए सानु पत्याउ अबत, कान्छु तिमीलाई कती माया गर्छु, मेरै भर मा पर्छिन, आफ्नो भन्न कहिलै पाइएन, लगायतका ३ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।
म्युजिक खबर म्युजिक अवार्ड र रापती म्युजिक अवार्ड मा सर्वोत्कृष्ट लोकदोहोरी शब्द रचनाको अवार्ड पाइसकेका चौलागाईं गायक बिमल डाँगीको सहयोग तथा साथले सांगीतिक क्षेत्रमा मा प्रवेस गर्नसकेको बताउँछन् ।
आफु जहाँ र जस्तो अवस्था मा भएपनी नेपाली गीत लेखन लाई नछोड्ने अठोट ब्यक्त गर्ने गीतकार गणेश चौलागाई कती सम्म निरन्तर रहलान त्यो भने समयएले नै बताउला ।