• छन्देको टोली मलेसियामा

    म्यूजिक खबर
    प्रकाशित: ११ मंसिर २०७२, शुक्रबार

    मलेसियामा हुने सांस्कृतिक कार्यक्रमका लागि गोपाल ढकाल छन्देको टोली मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर २९ मा मलेसियाको काजाङमा हुन लागेको काजाङग धमाका २०१५ मा छन्देको टोली भाग लिन मलेसिया उडेको हो । मलेशियाको काजाङ मेट्रोको हिन्दू संगममा हुने यस कार्यक्रमको उनीहरुको टोली मलेसिया गएको हो ।

    जसमा चर्चित गायक एनजे सागर ठकुरी, चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्दे, महादेव त्रिपाठी, गायिका सिन्धु मल्ल, निलम ढुंगानालगायतका कलाकार मलेसिया पुगेका छन् । काजाङमा हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपालबाट गएका कलाकारको साथमा त्यहाँ रहेका प्रवासी नेपाली कलाकारको पनि दरो प्रस्तुति रहने आयोजकमध्येका एक दुर्गा क्षेत्रीले बताएका छन् ।

     m

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु