कलाकार बन्ने सपना छ ? मात्र १ हजार ५०० रुपैयाँमा एक हप्ते अभिनय प्रशिक्षण लिने अवसर !

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०८३, शनिबार १२:४१

काठमाडौं । अभिनय क्षेत्रमा रुचि राख्ने तथा कलाकारितामै आफ्नो भविष्य खोजिरहेका युवायुवतीलाई लक्षित गर्दै सृजना सूत्र प्रालिले एक हप्ते अभिनय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

‘अभिनय सिकौँ, आफ्नो प्रतिभा प्रस्फुटन गरौँ’ भन्ने नारासहित आयोजना हुन लागेको प्रशिक्षणले नवप्रवेशी कलाकारलाई अभिनयका आधारभूत सीपदेखि व्यावहारिक प्रस्तुतिसम्मका ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रशिक्षणमा रङ्गमञ्चकी कलाकार तथा अभिनय प्रशिक्षक इश्मिता भुसालले सहभागीलाई प्रशिक्षण दिनेछिन्। उनले अभिनयका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे जानकारी गराउँदै सहभागीको क्षमता र आत्मविश्वास अभिवृद्धिमा सहयोग गर्नेछिन्।

एक हप्तासम्म सञ्चालन हुने प्रशिक्षणमा शारीरिक हाउभाउ, आवाजको उतारचढाव, संवाद प्रस्तुति, भावनात्मक अभिव्यक्ति, चरित्र चित्रण, मानसिक एकाग्रता तथा अभिनय अभ्यासलगायतका विषय समेटिनेछन्।

त्यस्तै, पात्र विश्लेषण, चरित्र विकास, चलचित्र तथा श्रव्यदृश्य अभिनयका लागि अडिसन तयारी र अभिनय प्रस्तुति प्रविधिबारे समेत सिकाइनेछ। चलचित्र तथा मनोरञ्जन क्षेत्रका अनुभवी व्यक्तित्वबाट विशेष कक्षा सञ्चालन गरिनुका साथै सहभागीलाई व्यावहारिक अभिनय र अन्तिम प्रस्तुति गर्ने अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ।

प्रशिक्षण शुल्क मात्र १ हजार ५०० रुपैयाँ!

प्रशिक्षण सम्पन्न भएपछि सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

चलचित्र, टेलिभिजन, म्युजिक भिडियो, रङ्गमञ्च तथा मनोरञ्जन क्षेत्रमा आफ्नो करिअर बनाउन चाहनेहरूका लागि यो प्रशिक्षण अवसरका रूपमा रहने अपेक्षा गरिएको छ।

अभिनय सिक्न, आफ्नो प्रतिभा चिनाउन र कलाकारितामा नयाँ यात्रा सुरु गर्न चाहने इच्छुक व्यक्तिका लागि दर्ता खुला गरिएको आयोजकले जनाएको छ।

🎭 तपाईंमा पनि कलाकार बन्ने सपना छ? यो अवसर नगुमाउनुहोस्!

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु