• ‘छल्की’मा ‘नक्कली’ भइन् दिपाश्री

    म्यूजिक खबर
    प्रकाशित: ३ माघ २०७४, बुधबार

    माघ ३, मोरङ। थारु भाषामा छल्कीको अर्थ नक्कली हुन्छ । सुटिङ फ्लोरमा रहेको चलचित्र छल्कीमा छल्की अर्थात् नक्कलीको भुमीका निर्वाह गरीरहेकी छिन् अभिनेत्री दिपाश्री निरौला । उनलाई मोरङगिया थारु भाषा चलचित्रका पहिलो नायक राजेन्द्र भगतको जोडी भएको देख्न पाइनेछ ।
    थारु भषाको चलचित्र ‘छल्की’मा मुख्य भूमिका निभाइरहेकी दिपाश्री चलचित्र ‘सत्रुगते’ को छायाँकन सकिए लगत्तै छल्कीको छायाँँकनमा व्यस्त भएकी हुन् ।


    २५ लाखमा बन्न लागेको सो चलचित्रमा कलाकार जय चौधरी, प्रज्वल माझी, लेजिना सुवेदी, राज नारायण सेन लगायतको भुमिका रहने छ भने अतिथी कलाकारमा राष्ट्रिय कलाकार रेखा थापालाई समेत दर्शकले हेर्न पाउने जानकारी निर्माण पक्षले दिएका छ्न । प्रमुख निर्माता कन्नुलाल चौधरी, निर्माताहरु बद्री नारायण माझी, अमलेश महतो, कार्यकारिणी निर्माता नरेश चौधरी, सह निर्माता प्रभु प्रमानन्द चौधरी, मनोज चौधरी, प्रशुराम चौधरी, सुनिता चौधरी रहेका छन् भने भने अतिथी कलाकारमा रुपमा नायिका रेखा थापा पनि रहनेछिन् ।


    त्यसैगरी प्रस्तुतकर्ता राजेन्द्र भगत छ्न भने फिल्ममा लेखन निर्देशन केशव रायमाझीको रहेको छ । सो चलचित्रको छाँयाकन दार्जिलिङ, सिक्किम, बर्जु ताल, बिराटनगर, जनकपुर लगायतको स्थानमा हुनेछ । छल्की शब्द थारु समुदायमा नकारात्मक रुपमा लिने हुँदा यसलाई सकारात्मक रुपमा चित्रण गर्ने र पछि परेको समाजलाई परिवर्तन गर्न सो चलचित्र निर्माण गर्न लागेको निर्माता प्रभुप्रमान्द चौधरीले बताए । सो चलचित्र देशभरका सिनेमा घरमा प्रदर्शन गर्ने समेत निर्माण पक्षले बताए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु