• चलचित्र विकास बोर्डको रजत जयन्तीमा सर्वाधिक कमाउने २५ फिल्मलाई सम्मान, असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने घोषणा

    म्यूजिक खबर
    प्रकाशित: १७ असार २०८२, मंगलवार ०३:१९
    • चलचित्र आमाको हुलाक टिकट सार्वजनिक
    • ‘चलचित्र मञ्च’ र ‘चलचित्रमा पहिलो’ पुस्तक सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्रको ६ दशक लामो इतिहास चलचित्र ‘आमा’बाट सुरु भएको हो । चलचित्र आमादेखि हालसम्म आइपुग्दा सयौ चलचित्र सार्वजनिक भए । तर चलचित्र विकास बोर्ड स्थापना भएको भने २५ वर्ष भएको छ । चलचित्र विकास बोर्डले आफ्नो रजत जयन्तीका अवसर पारेर काठमाडौं एक कार्यक्रमको आयोजना ग¥यो । जसमा २५ वर्षभित्र सर्वाधिक कमाउने २५ चलचित्रलाई सम्मान ग¥यो ।

    त्यस्तै पहिलो चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा अंकित गरिएको छ । ‘आमा’ वि.स.। २०२२ असोजमा प्रदर्शन भएको नेपालको पहिलो चलचित्र हो । हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रमा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए । सोही चलचित्रलाई हुलाक सेवा विभागले रु. १० दरका दुईवटा टिकट प्रकाशन गरेको छ । जसमा चलचित्र ‘आमा’का नायक र नायिकाको तस्वीर अंकित छ । टिकटको प्रथम दिवसीय आवरणमा विशेष ढाँचा प्रदान गरिएको थियो ।
    टिकट अनावरण समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागिता जनाएका थिए ।
    त्यस्तै सरकारले अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रुपमा मनाउने घोषणा गरेको छ । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको मन्त्री गुरुङले समारोहमा बताए । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो । अहिले भने चलचित्र विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषदले असोज १५ लाई चलचित्र दिवस मनाउने निर्णय गरेको हो ।

    सोही अवसरमा बोर्डले चलचित्र मञ्च र चलचित्रमा पहिलो भन्ने दुई पुस्तक सार्वजनिक गरेको थियो । चलचित्र पत्रकार शान्तिप्रियको सम्पादकत्वमा आएका दुई पुस्तकमा चलचित्र क्षेत्रको ऐतिहासिक दस्तावेज समावेश गरिएको छ ।

    सर्वाधिक कमाइको आधारमा २५ चलचित्र
    पछिल्लो समय ‘पूर्णबहादुरको सारङ्गी’ले कमाइको नयाँ कीर्तिमान बनायो । चलचित्र विकास बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा २५ चलचित्रको सूची सार्वजनिक गरेको थियो । सोही सूचीको पहिलो स्थानमा पूर्णबहादुरको सारङ्गी पर्न सफल भयो । सरोज पौडेल निर्देशित चलचित्रले १७ लाख टिकट विक्री गर्न सफल भएको थियो भने त्यसबाट कूल ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ बढी आम्दानी गरेको छ ।
    दोस्रो स्थानमा कबड्डी कवड्डी–४ पर्न सफल भयो । यस फिल्मले २१ करोड ४० लाख रुपैयाँ बढी कमाइ गरेको छ । तेस्रोमा विराज भट्टको १२ गाउँ चलचित्रले १९ करोड ९२ लाख बढी आर्जन गरेको छ । चौथोमा दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ ले १७ करोड ५३ करोड बढी कमाइ ग¥यो ।

    चलचित्र ‘जारी’ कमाइको पाँचौं स्थानमा रह्यो । उपेन्द्र सुब्बा निर्देशित यस चलचित्रले १७ करोड ४७ लाख बढी आर्जन गरेको छ । छैठौं नम्बरमा छक्का पञ्जा १ ले १६ करोड १० लाख बढी कमाइ गरेको छ । सातौं स्थानमा प्रदीप भट्टराई निर्देशित चलचित्र महाजात्राले १५ करोड ६७ लाख बढी कमाइ गरेको छ ।

    छक्का पञ्जा ५ ले १५ करोड २० लाख बढी कमाइ गरेसँगै आठौं नम्बरमा परेको छ । श्रीकृष्ण श्रेष्ठ स्टारर चलचित्र कोहीनूरले १४ करोड ७५ लाख बढी आर्जन गरी नवौं नम्बरमा परेको छ । दशौं स्थानमा छक्का पञ्जा २ ले १४ करोड ५१ लाख कमाइ गरेको छ । यस्तै ११ औं स्थानमा शत्रुगते चलचित्रले १२ करोड ६५ लाख बढी कमाइ गर्न सफल भएको छ । १२औं स्थानमा नविन चौहान निर्देशित चलचित्र ऊनको स्वीटरले १० करोड ६२ लाख कमाउन सफल भयो ।

    यस्तै कबड्डी कवड्डी–२ चलचित्रले १० करोड ३५ लाख कमाएको छ । १४औं स्थानमा बोक्सीको घर चलचित्रले १० करोड १० कमाउन सफल भएको छ । १५औं स्थानमा छ माया छपक्कै चलचित्रले ९ करोड ९२ लाख बढी कमाइ गरेको छ । १६औं स्थानमा चलचित्र दिमाग खराबले ८ करोड ९८ लाख बढी कमाएको छ । यस्तै चलचित्र अञ्जलीले ८ करोड ८३ लाख बढी कमाइ गरी १७औं स्थानमा पर्न सफल भयो । १८औं स्थानमा ७ करोड ९२ लाख बढी कमाइ गरी चलचित्र परदेशी २ परेको छ । यस्तै १९ औं स्थानमा छक्का पञ्जा ३ ले ७ करोड ८३ लाख आर्जन गर्न सफल भएको छ ।

    त्यसैगरी चलचित्र प्रेमगीत–३ २० औं स्थानमा ७ करोड ६३ लाख बढी कमाइ गरेको पाइन्छ । यस्तै ७ करोड ५९ लाख बढी कमाएको छ । २२औं नम्बरमा पुजार सार्की छ, जसले ७ करोड ३८ लाख बढी कमाएको छ ।
    २३औं नम्बरमा महापुरुषले ७ करोड ३५ लाख कमाइ गर्न सफल भयो भने २४औं स्थानमा रहेको चलचित्रले ७ करोड ३४ लाख बढी कमाउन सफल भएको छ । पशुपतिप्रसाद–२ (भष्मे डन) ले ७ करोड ३२ लाख कमाइ गर्दै २५ औं स्थानमा नाम लेखाउन सफल भएको छ ।

    <iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/2hE8gJ0Ehtw?si=QlzoiSHYpjkykWz0″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु