• छायाँछबि काव्य श्रृंखलामा गुन्जिए हेम र सुशीला

    म्यूजिक खबर
    प्रकाशित: १८ मंसिर २०७४, सोमबार

    १८ मंसिर, काठमाडौं । छायाँछवि क्रियशनले आयोजना गरेको ‘छायाँछबि काव्य श्रृंखलामा आईतबार कवि हेम प्रभास र गजलकार सुशीला पौडेल गुञ्जिए । साहित्यकार, कलाकारहरुको बीचमा गजलकार पौडेलले एक दर्जन गजलहरु सुनाइन् भने कवि हेम प्रभासले आफ्ना चर्चित एवम् नयाँ कविताहरु करिव एक दर्जन सुनाए ।


    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्य मै क्रियाशील रहेको विचमा केहि टुटेता पनी अब काव्य श्रृंखलाका माध्यमले जोडिने बताए । हरेक महिना यसरी नै विभिन्न श्रष्टाहरु समेटेर नियमित कार्यक्रम प्रस्तुत गरिने उनले जानकारी गराए । ‘चलचित्र, सङ्गीत एवम् साहित्य एकै विधा हुन् हामीले सेतु बनेर सङ्गीतकर्मी, चलचित्रकर्मी एवम् साहित्यकारलाई जोड्ने प्रयास गरिरहेका छौं’, उनले भने ।


    कार्यक्रममा बरिष्ठ गजलकार एवम् मुक्तककार ज्ञानुवाकरले विशिष्ट अतिथीको आशनबाट बोल्दै छायाँछविको यस प्रयास प्रतिको उद्देश्य आफूलाई मन परेको पौडेलले बताए । यसैगरी विशिष्ट अतिथीकै आसनबाट बोल्दै निर्देशक, लेखक, कलाकार मोहन निरौलाले आफु पनि पहिले साहित्यमै सक्रिय रहेको स्मरण गर्दै आफ्नो कविता समेत प्रस्तुत गर्न भ्याए । पछि चलचित्रमा लागेर लेखनको शैली चलचित्रतिर मोडिएको बताउँदै निरौलाले छायाँछविको कार्यक्रम अत्यन्तै सकारात्मक रहेको छ भने ।


    कार्यक्रममा काव्य प्रस्तोता श्रष्ट्राद्वय हेम प्रभाष र सुशीला पौडेललाई सम्मान समेत गरिएको थियो । सम्मान सँगसँगै शान्तिप्रियले नगद राशि पनि प्रदान गरेका थिए ।

    चलचित्र, सङ्गीतको क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि प्रारम्भ गरेको हो । यस अघि भदौ महिनामै मुक्तककार रश्मि रोदनको मुक्तक संग्रह ‘प्रियतम’को लोकार्पण कार्यक्रमबाट नै घोषणा गरिएको छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिला १७ गते आइतबार सम्मन्न गरेको हो । कार्यक्रम मुक्तककार रश्मी रोदनले संचालन गरेकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु