• जनचेतना जगाउन राष्ट्रिय गीत

    म्यूजिक खबर
    प्रकाशित: १८ मंसिर २०७२, शुक्रबार

    देशमा देखापरेका पीडादायी अवस्थाप्रति जनचेतना जगाउने उद्देश्यले राष्ट्रिय भावको गीत निर्माण गरिएको छ । डिबी गुरुङको शब्द, सङ्गीत एवं स्वर रहेको राष्ट्रिय गीतको म्यूजिक भिडियो छायाँकन गरिएको छ । पछिल्लो समय मुलुकमा देखापरेको विविध अप्ठ्याराहरुको सन्दर्भलाई लिएर गायक, संगीतकार डी.बी. गुरुङले राष्ट्रिय भावको गीत गाएका हुन् ।
    नेपालको स्वाधिनतामाथि आधारित भिडियोमा वरिष्ठ कलाकार शिव श्रेष्ठ, धीरेन शाक्य लगायत विक्की पुलामी, सम्झना सुवेदी, सोम लामा, प्रतिक्षा खड्का, राजेन्द्र चौधरी, सुनिता अधिकारी आदिले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । दिनेश पाख्रिनको नृत्य निर्देशन रहेको सो म्युजिक भिडियोका गायक, संगीतकार डी.बी. गुरुङ नेपाल राष्ट्रिय आवास कम्पनीका जीएम हुन् ।

    git3

    git2

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु