
असार ३१, पोखरा । जनताका गायकका रुपमा चर्चित गायक रामेश शनिबार पोखरामा गुन्जिएको छ । सङ्गम सांस्कृतिक मन्च, नेपालले आयोजना गरेको सांस्कृतिक यात्राको पहिलो शृङ्खलामा रामेशसँगै झण्डै डेढ दर्जन कलाकारले जनवादी गीत प्रस्तुत गरेका थिए ।
उपस्थित सम्पूर्ण दर्शकलाई अध्यक्ष बनाएर सञ्चालन गरिएको कार्यव्रmममा ७४ वर्षे गायक रामेशले गाउँ गाउँबाट उठ…, ओ जनता महान् लगायतका गीत गाउँदा दर्शक निकै उत्साहित भएका थिए । उनले जनताका लागि गीत गाउँदा राजनीतिक नेता र दलका लागि मात्र भएको तीतो अनुभव आफूसँग भएको बताए । अब ती सबै हिसाबकिताब जनताले खोज्ने बताउँदै उनले नेपाली जनतालाई बलियो बनाएर जनतालाई नै देशको मालिक बनाउन यस्ता सांस्कृतिक अभियानहरु महत्वपूर्ण हुने बताए । अब पार्टीका होइन जनताका कलाकार हुन उनले सबैलाई आग्रह गरे ।
सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा जनगायक पदमराज ढकाल, हरिदेवी कोइराला, मञ्चका अध्यक्ष काजी गाउँले, विकास लुङ्गेली, ओमविव्रmम ओझा, सङ्गीता सुनाम, डी. बी. वान्तवा, नारायण बाँस्तोलालगायतले जनवादी गायन प्रस्तुत गरेका थिए ।
जनवादी गायक, सङ्गीतकार, गीतकारको साझा संस्थाका रुपमा गठित मन्चले हरेक तीन महिनामा यात्रा सञ्चालन गर्ने अध्यक्ष काजी गाउँलेले जानकारी दिए ।