• जाडो विदामा शिव कैलाशको योजना

    म्यूजिक खबर
    प्रकाशित: १ माघ २०७२, शुक्रबार

    जाडो विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै शिव कैलाश मन्दिरले नयाँ योजनाका साथ विभिन्न संगीत, नृत्य, अभिनय, चित्रकला, गायन, उद्घोषण आदि विधामा कक्षाहरु संचालन गरेको छ । विशेष छुटका साथ विद्यार्थीहरुलाई विभिन्न विधामा पोख्त बनाउनका लागि जाडो विदाको समयभित्र उक्त कक्षाहरु संचालन गरिएको शिव कैलाशका अध्यक्ष नारायण रिजालले बताएका छ ।
    उनले एक कार्यक्रमको आयोजना गर्दै शिव कैलाश मन्दिरको योजनाबारे प्रष्ट पारेका छन् । विभिन्न विधाका प्रशिक्षकहरुबाट यतिबेला कक्षाहरु संचालन भइरहेका छन् । जसमा नीरु खड्का, पुरु लम्साल लगायतका कलाकारहरुले जस्मिन न्यौपाने, जेसिका ढकाल, स्वेच्छा पाठक, स्मारिका के.सी., कृष देवकोटा लगायतका विद्यार्थी बालिकालाई विविध विषयमा प्रशिक्षण दिईरहेको छ । विन्टर भ्याकेशन क्याम्प नाम दिएको यो योजना पन्ध्र दिनसम्म चल्नेछ ।

    winter vacation

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु