• जानकीको ‘कोहलपुर दोहोरी साँझमा’ बजारमा

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७४, बिहीबार

     


    २९ चैत, काठमाडौं । पछिल्लो समय निकै ब्यस्त गायिका जानकी तारमी मगरको ‘ कोहलपुर दोहोरी साँझमा’ वोलको गीत बजारमा आएको छ । गीतमा मायाप्रेमका कुराहरु दर्शाईएको छ ।

    अनिल अभागीको शब्द रहेको यस गीतमा जानकी तारमी मगर र गणेश सिंह ठकुसरीको स्वर रहेको छ । जसलाई गणेशसिंह ठकुसरीले नै लय भरेका छन् । गीतलाई एकता फिल्मसको निर्माणमा म्युजिक भिडियो निर्माण गरिएको छ ।

     

    भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । जसमा महेन्द्र गौतम र रिता थापाको नृत्य रहेको छ । भिडियोलाई दुर्गा पौडेलले नै छायांकन गरेका हुन् भने, नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु