• जापानको म्यूजिक मेलामा झुमे नेपाली

    म्यूजिक खबर
    प्रकाशित: २० बैशाख २०७३, सोमबार

    जापान । मिडिया म्यासेज प्रालिद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा जापानको टोकियोमा आयोजित म्युजिक मेला कार्यक्रममा नेपालीहरुले मनोरञ्जनको मज्जा लिएका छन् ।

    टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा म्युजिक मेलामा नेपालका चर्चित कलाकारहरुले आफ्नो दमदार प्रस्तुति दिएका थिए । गायक सुगम पोखरेल, गायिका सम्झना लामिछाने मगर, ¥यापर निर्णय ‘एनएसके’, सहिमा श्रेष्ठ र नविन पौडेलको गीत संगीतमा कार्यक्रममा सहभागी दर्शकहरु झुमेका थिए ।
    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले डायस्पोरिक पत्रकारिता थप चुनौतीपूर्ण बन्दै गएको भन्दै प्रेसमाथि हुने ज्यादतीविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए ।

    music-mela-18
    यसैगरी मिडियो म्यासेज प्रा.लिका अध्यक्ष रविन्द्र श्रेष्ठले जापानमा रहेका नेपाली समुदायमाझ सूचना प्रवाहमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई निर्बाध रुपमा समाचार संकलनका लागि प्रेस पासको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
    यसैगरी कार्यक्रमका प्रमुख अतिथि जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले तेस्रो वार्षिक उत्सवको अवसरमा नेपाल सन्देश डट कम परिवारलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप सफलता हात पार्ने विश्वास व्यक्त गरे ।

    music-mela-1
    कार्यक्रमको नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार तिलक बम मल्ल, वरिष्ठ समाजसेवी एवं व्यावसायी खिमबहादुर निउरे, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, इभेन्ट पार्टनरका तर्फबाट दिलु खत्रीले संयुक्त उदघाटन गरे । कार्यक्रमको संयोजन नेपाल सन्देशका प्रवन्ध निर्देशक नविन निउरेले गरेका थिए ।

    music-mela-8 music-mela-7 music-mela-6 music-mela-3 music-mela-11

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु