• ज्योत्सना बने नरजंग गुरुङको बारुला

    म्यूजिक खबर
    प्रकाशित: २३ मंसिर २०७४, शनिबार

    २४ मंसिर, काठमाडौं । गायक नरजंग गुरुङको पछिल्लो गीत बारुला र यसको म्युजिक भिडियो नेपाली सङ्गीतक बजारमा सार्वजनिक भएको छ।
    बिगतमा पोखरामा रहेर गुरुङ भाषा तथा नेपाली सुगम संगीतमा सक्रिय गायक नरजंग यतिबेला काठमाडौँमा रहेर नेपाली सङ्गीतमा संघर्ष गर्दै छन् उसोत नरजंग गुरुङले गायका गुरुङ भाषाका गीतहरु अत्यन्तै लोकप्रिय छन्।

    शमशेर गहतराजको शब्द संगीतमा रहेको उनको बारुला बोलको गीतले यतिबेला नेपाली सांगीतिक बजारमा चर्चा बटुल्दै छ। लोक लयमा आधारित यो गीतमा चर्चित मोडेल ज्योत्सना योगीले अभिनय गरेकी छिन्।

    जिबन थापाको निर्देसन र सम्पादनमा बनेको यो म्युजिक भिडियोलाई धिरजजंग शाहले छायांकन गरेका छन्। मल्टीमेडले निर्माण गरेको यो म्युजिक भिडियो नरजंग गुरुङको आफ्नै युट्युबमा हेर्न सकिन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु