झुम्कावली लिएर झुम्कामा प्रमोद खरेल

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार

२८ बैशाख, काठमाडौं । ओइ झुमा झुमा झुम्कावली, मेरो दिल छ पोखरामा, लाइदेउ न मायाले, डुबायो पापी मायाले लगायतका चर्चित गीतका गायक प्रमोद खरेलले भोली बैशाख २९ गते शनिबारको दिन सुनसरीको झुम्काको रामधुनीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । झुम्कामा भोलिबाट संचालनमा आउन लागेको सिटीमार्ट डिमार्टमेन्टल स्टोरको उद्घाटन समारोहमा गायक खरेलले आफ्नो प्रस्तुति दिएर झुम्काबासीलाई झुमाउन लागेका हुन् । गायक खरेलको साथमा स्थानीयस्तरमा चर्चा बटुल्दै गरेका गायिका अनुमा चौधरी, अनुषा नेपाल र गायक सुनिल चौधरीले पनि सांगीतिक प्रस्तुति दिने भएका हुन् ।

गत जनवरी १ बाट सिटी मार्ट डिपार्टमेन्टल स्टोरले ग्राहकवर्गलाई ध्यानमा राखेर संचालन गरेको ‘बम्पर उपहार’ को समापन कार्यक्रममा गायक प्रमोद खरेलले प्रस्तुति दिने भएका हुन् । बम्पर उपहार खोल्ने कार्यक्रममा गायक खरेललाई पूर्वेलीहरुका माझ अतिथिका रुपमा पाउँदा झुम्काबासी खुशी भएको कुरा सिटी मार्टका अध्यक्ष पुष्प अधिकारीले बताए । अध्यक्ष अधिकारीले चिठ्ठा कार्यक्रममार्फत लक्की ड्रमा प्रथम स्थान हासिल गर्ने ग्राहकलाई स्कुटर, दोस्रो हुने ग्राहकलाई ३२ इन्चको एलइडी टीभी, तेस्रो हुने ग्राहकलाई भ्याकुम क्लिनर पुरस्कार दिने बताए । साथमा ५० जना ग्राहकहरुलाई सान्त्वना पुरस्कार समेत दिइने अधिकारीले बताए । साथै अधिकारीले सिटी मार्टको ग्राण्ड ओपनिङ कार्यक्रममा समस्त झुम्काबासीलाई उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिन पनि अनुरोध गरेका छन् ।

सिटी मार्ट डिपार्टमेन्टल स्टोर पछिल्लो गत जनवरी २०१८ देखि संचालनमा आएको भए पनि औपचारिक रुपमा भने भोलिबाट संचालन हुने भएको हो । एउटै छानामुनी ग्राहकहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामानदेखि विभिन्न गिफ्ट आइटम पाइनुका साथै आफूलाई आवश्यक परेको सामग्री अनलाइनबाट पनि खरिद गर्न सकिनेछ भने होम डेलिभरीको समेत सुविधा रहेको अध्यक्ष अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु