• टीका, रामकृष्ण, देबिका र रमणलाई नातिकाजी स्मृति पुरस्कार, भक्तराजलाई विशिष्ट सम्मान

    म्यूजिक खबर
    प्रकाशित: ४ पुष २०७३, सोमबार

    पुस ४, काठमाडौं । नेपाली सांगीतिक धरातलमा पुष–३ विशेष दिन अर्थात् संगीत महर्षी नातिकाजी स्मृति दिवश । यसै सांगीतिक इतिहासको विशेष दिनको अवसरमा संगीतका अनमोल रत्न नातिकाजीलाई सम्झन र सम्मान गर्नका लागि नातिकाजी स्मृति समाजले उनकै निवासमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम बरिष्ठ गीतकार किरण खरेलको सभापतीत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली गीतसंगीतका क्षेत्रमा अतुलनिय योगदान पु¥याउने कलाकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । कार्यक्रम राष्ट्रपति भवनमा आयोजना हुने र राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा सम्मानित तथा पुरस्कृत गरिने छ ।

    ramkrishna
    सो अवसरमा ‘नातिकाजी स्मृति राष्ट्रिय पुरस्कार’ बरिष्ठ गायिका देविका बन्दना, बरिष्ठ गीतकार रमण घिमिरे, बरिष्ठ संगीतकार टीका भण्डारी र बरिष्ठ गायक रामकृष्ण ढकाललाई प्रदान गरिने छ ।

    shambhijeet
    यसैगरी नातिकाजी बिशिष्ट सङ्गीत संयोजन पुरस्कार अमूल कार्की ढली तथा नातीकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कारबाट आलोक श्रीलाई पुरस्कृत हुने भएका छन् । त्यस्तै, नातिकाजी बिशेष सम्मानबाट बिशिष्ट कलाकारहरु कल्याण रिमाल, उर्मिला श्रेष्ठ, दीपक खरेल, ध्रुबेषचन्द्र रेग्मी, दीपक खरेल, आनन्द कार्कीले प्राप्त गर्ने भएका छन ।

    15578899_10211299245417780_11157405450278533_n
    यो बर्षको नातिकाजी राष्ट्रीय बिशिष्ठ श्रष्टा सम्मान बिशेष नगद सहित भजन शिरोमणी भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । कुरा बिशेष समारोहका सभापति संगीत तथा नाट्य एकेडमीका उपकुलपती बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले जानकारी गराउनु भयो । दिवाभोज सहित श्रष्टा नातिकाजी निवासमा आयोजना भएको उक्त भब्य सभ्य कार्यक्रममा नेपाली सङ्गीतका शीर्ष हस्तीहरुको उपस्थिती थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु