• ठूला भनिएकाबाटै सास्ती

    म्यूजिक खबर
    प्रकाशित: २८ माघ २०७३, शुक्रबार

    माघ २८, काठमाण्डौ । किशोर शिवाकोटी, मेचीका सुनौला प्रतिभा हुन् । आर्थिक अवस्थाका कारण संगीत सिक्ने रहर पूरा गर्नकै लागि पनि आधा गाँस काट्नुपर्ने अवस्थाबाट आज गायकको परिचय स्थापित गराउँदैछन् किशोर शिवाकोटी । दमक झापामा आमा मेनुका शिवाकोटीको कोखबाट जन्मिएका किशोर बाल्यकालदेखि नै संगीत गुनगुनाउँदै हिंड्थे । गीत सुन्न नपाए पनि गाउँघरमा जाँदा अरुकै रेडियोमा सुनेका गीतले उनलाई प्रभाव पारेको थियो । आफ्नो घरमा गीत सुन्ने रेडियो थिएन, उनले भने ।

    kishor thapa mumbai
    २०५८ सालबाट गायनको औपचारिक सुरुवात गरेका किशोरले संगीतमा इलाहवादबाट ४ वर्षे डिप्लोमा कोर्ष गरेका छन् । २०६४ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङ अर्थात् मेची अञ्चलब्यापी गायन प्रतियोगितामा मेची तारामा उनी उपबिजेता घोषित भएका थिए । जुन बेला उनी मेची तारामा भिड्दै थिए त्यही बेला उनको आमाको निधन हुन पुग्यो । त्यसले उनको सांगीतिक करिअरमाथि ठूलो असर पु¥यो । आमाको साथले गर्दा उनी संगीत क्षेत्रमा अगाडि बढिरहेका थिए तर यात्रामा ठेस लाग्यो । त्यो क्षणले उनलाई पटक पटक झस्काउने गर्छ । करिब ३ दर्जन गीतमा स्वर दिएका किशोरले एक दर्जनभन्दा बढी गीतमा संगीत दिएका छन् भने २ दर्जनभन्दा माथि गीत लेखेका छन् । आर्थिक अवस्थाकै कारण धेरै दुःख पाएका किशोर अन्ततः अमेरिका गएपछि बल्ल एल्बम बजारमा ल्याउन सफल भए । उनको एउटै धोको आशा भोस्लेसँगै गीत गाउने थियो, त्यो एल्बम ‘ट्रिटब्यूट’ मार्फर पूरा गरेको बताउँछन् ।

    kishor shiwakoty
    एल्बम ल्याउँदा भोगेका घटनाक्रम सुनाउँदै किशोरले भने –धेरै पटक अमेरिका –नेपाल गर्नु पर्दा आर्थिक भार धेरै भयो । जुनबेला धेरै जनाले साथ छोडे, तर मितज्यू किशोर थापा, साजन शाह र राजेश श्रेष्ठको ठूलो साथ पाएँ र मैले एल्बम बजारमा ल्याउन सफल भएँ । नेपाली संगीतमा रम्ने रहरसँगै नेपाली संगीत उद्योग पनि केही चिन्ने मौका पाएँ, किशोरले भने – ‘धेरै ठुला भनिएकाहरुबाट सास्ती खेप्नु पर्दो रहेछ ।’ उनी जति संगीतमा रुचि राख्छन् त्यति नै चित्रकलामा पनि ध्यान लगाउँछन् । चित्रकलाको राम्रो विद्यार्थी किशोर संगीत क्षेत्रमा गरेको संघर्षले धेरै पाठ सिकाएको बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु