• डबलीमा पौडेलको नेतृत्व

    म्यूजिक खबर
    प्रकाशित: १२ कार्तिक २०७१, बुधबार

    मनहरी÷मृगतृष्णा कला साहित्य डबली मनहरकिो अध्यक्षमा व्यंग्यकार गोविन्द पौडेल सर्वसम्मत भएका छन् ।
    साहित्य तथा व्यंग्य क्षेत्रमा क्रियाशील पौडेललाई बुधवार निर्विरोध अध्यक्ष बनाइएको हो ।  मनहरी तथा आसपासका क्षेत्रका कलाकार तथा साहित्यकारको भेलाले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । डबलीको उपाध्यक्षमा बृद्धिमान घिसिङ, महासचिवमा टंकबहादुर मुक्तान, कोषाध्यक्षमा सुन्दर लामा र सचिवमा रविन्द्र थिङ चयन भएका छन् । सदस्यहरुमा शिवकुमार काशी, ठाकुर घिसिङ, राजेन्द्र लामा र अनिल बानियाँ चयन भएका छन् ।
    सल्लाहकारमा रामकुमार एलन, श्यामकुमार बानियाँ, भानुभक्त बिष्ट, रविनकुमार चेपाङ लगायत छन् । १३ बर्षअघि स्थापना भएको संस्थाले अझैसम्म बैधानिकता नपाएको अबस्थामा संस्थाको विधान निर्माण, दर्ता प्रक्रिया लगायतका कामहरु तत्कालै गर्नका लागि समिति तयार गरिएको छ ।
    मृगतृष्णाले दशैं तथा तिहारमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी यस क्षेत्रका कला, साहित्य, नाटक, संगीत र सिनेमा क्षेत्रमा लागेका कलाकारहरुलाई एकजुट बनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु