• ‘डाँडापारी गाँउ छ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १७ पुष २०७१, बिहीबार

    काठमाडांै, (कस) । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा ‘डाँडापारी गाँउ छ’ नामक गीति एल्वम विमोचन भएको छ । राजधानीमा एक कार्यक्रमबीच एल्वमकी गायिका लाली बुढाथोकी, गायक कुलेन्द्र विश्वकर्मालगायत लोकसञ्चारकर्मी नेपालका पदाधिकारीले संयुक्त रुपमा विमोचन गरेका थिए ।
    सो गीति एल्वमबारे गायिका बुढाथोकी, गायक विश्वकर्मा, शब्द तथा लय दिपक बसन्त कार्कीले आ–आफ्नो विचार राखेका थिए । विमोचन कार्यक्रममा गायिका बुढाथोकी र गायक विश्वकर्माले विमोचित एल्बमको गीत प्रस्तुत गरेका थिए । ‘डाँडापारी गाँउ छ’ एल्वमलाई विहानी डिजिटलले बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु