• ‘डी सिने अवार्ड’को मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा

    म्यूजिक खबर
    प्रकाशित: २० जेष्ठ २०७४, शनिबार

    हेटौंडा । छाँयाछवि क्रिएसनले हेटौंडामा आयोजना गर्न लागेको नवौं संस्करणको ‘डी सिने अवार्ड’को मनोनयन सार्वजनिक भएको छ । आगामी असार २२ गते हुन लागेको अवार्डका लागि आयोजकले हेटौडामा नै पत्रकार सम्मेलनमार्फत मनोनयन सार्वजनिक गरेको हो । आयोजकका अनुसार वर्ष २०७३ मा प्रदर्शनमा आएका ८६ फिल्ममध्ये ५५ फिल्मले यसवर्षका अवार्डका लागि आवेदन दिएका थिए । जसमध्ये २९ विधाअन्तर्गत उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा सबैभन्दा बढी २० विधामा फिल्म ‘छक्का पञ्जा’ परेको छ । १३ वटा विधामा फिल्म ‘गाजलु’, ११ विधामा ‘लुट–२’, १० विधामा ‘जात्रा’, ९ विधामा ‘पुरानो डुंगा’, ६ विधामा ‘निर्भय’, पाँच–पाँच विधामा ‘जंगे’, ‘के म तिम्रो होइन र’, ‘दर्पणछायाँ–२’, ‘वीरविक्रम’ र ‘किस्मत–२’ मनोनयन भएका छन् ।

    d cine award
    त्यस्तै चार विधामा ‘लप्पनछप्पन’, ‘द वीनर’, ‘लालजोडी’ र ‘छाँया’, तीन विधामा ‘जय पर्शुराम’, ‘तीन घुम्ती’, ‘झुम्की’ र ‘ब्रासलेट’, ‘म त तिम्रै हुँ’, दुई विधामा ‘उमंग’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘नमस्ते नेपाल’, ‘मेरो देश’ र ‘लुकामारी’, ‘बाजीगर’ परेका छन् ।

    संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले फिल्म क्षेत्रमा लागेकोहरुलाई हौसला प्रदान गर्ने र नेपाल फिल्ममा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए । सल्लाहकार नरेन्द्र महर्जनले हेटौंडाको सन्दर्भमा अवार्ड आयोजना हुनु आफैंमा महत्वपूर्ण रहेको भन्दै यसलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

    अवार्ड संयोजक तथा सञ्चारकर्मी मणिराज गौतमले पछिल्लो समय मकवानपुर फिल्मको हबको रुपमा विकास हुँदै गएको अवस्थामा फिल्म क्षेत्रको प्रबद्र्धनमा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार अवार्डमा नेपालका चर्चित करिब एकसय ५० कलाकारहरु हेटौंडमा आउनेछन् ।

    स्थानीय संयोजक तथा फिल्मकर्मी सुशान्त श्रेष्ठले अवार्ड सम्पन्न गर्न आफूहरु तयारीमा जुटिसकेको बताउँदै अवार्डमा चर्चित कलाकारहरुको सांस्कृतिक कार्यक्रमसमेत रहने बताए । उनका अनुसार हेटौंडाको लायन्स क्लब अफ युथले अवार्डलाई सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्ने बताए ।

    निर्णयकको तर्फबाट संगीतकार सन्तोष श्रेष्ठले निष्पक्ष तरिकाले आफूहरुले चलचित्र हेरेर मूल्याकंन गरेको बताउँदै आफूहरुको निर्णय सन्तोषजनक रहनेमा विश्वस्त रहेको बताए ।

    अवार्डको नोमिनेशन यसप्रकार छः

    १) उत्कृष्ट ५ एनिमेशन
    १. मनोज श्रेष्ठ – लुट २
    २. रुपक परियार/सागर गहतराज – लप्पन छप्पन
    ३. उज्ज्वल ढकाल – जंगे
    ४. मधुकर वलामी – द फेमश
    ५. अनन्त घिमिरे – द वीनर

    २) उत्कृष्ट ५ ध्वनि मिश्रण
    १. उत्तम न्यौपाने – लुट २
    २. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
    ३. मनोजराज भण्डारी – जात्रा
    ४. उत्तम न्यौपाने – गाजलु
    ५. रमेश भट्टराई – द वीनर

    ३) उत्कृष्ट ५ पाश्र्व संगीत
    १. किरण तुलाधर – तीन घुम्ती
    २. शैलेश श्रेष्ठ – गाजलु
    ३. रोहित शाक्य/शैलेश श्रेष्ठ – जात्रा
    ४. एलीस कार्की – के म तिम्रो होइन र
    ५. सुजील कर्माचार्य – छक्का पञ्जा

    ४) उत्कृष्ट ५ केमियो
    १. निश्चल बस्नेत – लुट २
    २. निश्चल बस्नेत – लप्पन छप्पन
    ३. उत्तम प्रधान – दर्पण छायाँ २
    ४. श्याम अर्याल – लालजोडी
    ५. राजेश हमाल – विजुलि मेसिन

    ५) उत्कृष्ट ५ द्वन्द्व निर्देशक
    १. एन.वि महर्जन – जय पर्शुराम
    २. राजकुमार उप्रेति – लुट-२
    ३. हिमाल केसी – निर्भय
    ४. सम्राट बस्नेत – जंगे
    ५. चन्द्र पन्त – नमस्ते नेपाल

    ६) उत्कृष्ट ५ बाल-कलाकार
    १. साइब्रत आचार्य – छायाँ
    २. प्रविना खतिवडा – छायाँ
    ३. लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
    ४. नवीन भुजेल – उमंग
    ५. रंञ्जन डाँगी – वृन्दावन

    ७) उत्कृष्ट ५ हाँस्यकलाकार
    १. केदार घिमिरे – छक्का पञ्जा
    २. बुद्धि तामाङ – छक्का पञ्जा
    ३. रविन्द्र झा – जात्रा
    ४. गोपाल ढकाल – नमस्ते नेपाल
    ५. ज्योति काफ्ले – लालजोडी

    ८) उत्कृष्ट ५ खलपात्र
    १ दीपकराज गिरी – छक्का पञ्जा
    २ बिकाश चापागाईं – निर्भय
    ३ कामेश्वर चौरशिया – पलास
    ४ अर्पण थापा – बीर बिक्रम
    ५ शिशिर भण्डारी-सुन्तलीलाई भगाई लग्यो झिल्केले

    ९) उत्कृष्ट ५ नृत्य निर्देशक
    १ कविराज गहतराज- म त तिम्रै हुं…, म त तिम्रै हुं
    २ कविराज गहतराज – पूर्ब पश्चिम रेल…, छक्का पञ्जा
    ३ बसन्त श्रेष्ठ- सोझै हो…, जय पर्शुराम
    ४ बिक्रम स्वांर – ठमेल बजार…, लुट-२
    ५ गोबिन्द राई- लेकै जाने…ब्रासलेट

    १०) उत्कृष्ट ५ गीतकार
    १. अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत-२
    २ कालीप्र बासकोटा- डुँगा चलाउने माझी.. पुरानो डुँगा
    ३ लक्ष्मण सुवेदी – घिटी घिटी…लालजोडी
    ४ आकाश अधिकारी – पागल…, के म तिम्रो होईन र
    ५ एक नारायण भण्डारी – यता सिउँदा उता.., बाजिगर

    ११) उत्कृष्ट ५ गायिका
    १. अञ्जु पन्त — पूर्व पश्चिम – छक्का पञ्जा
    २. मिना निरौला – ठमेल बजार – लुट २
    ३. मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
    ४. सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
    ५. मिलन अमात्य – आाखालाई के दोष … – राधा

    १२) उत्कृष्ट ५ गायक
    १. कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
    २. राजेश पायल राई – आकाशैमा – दर्पणछायाँ २
    ३. काली प्र. बासकोटा – नीरा जैले रिसाउनी – काली
    ४. युवराज चौलागाँई – मेरो जिन्दगीमा – ब्रासलेट
    ५. दीपक लिम्बु – म त हुन्छु जस्तो – जयपर्शुराम

    १३) उत्कृष्ट ५ संगीतकार
    १ अर्जुन पोखरेल – उनी आकाशबाट…,किस्मत-२
    २ राजनराज शिबाकोटी – पूर्व पश्चिम…,छक्का पञ्जा
    ३ दीपक शर्मा – देखन चम्पा…, छक्का पञ्जा
    ४ कालि प्र. बासकोटा- ठमेल बजार…लुट-२
    ५ कालि प्र. बासकोटा- जहिले रिसाउनी …पुरानो डुँगा

    १४) उत्कृष्ट ५ सम्वाद
    १ दीपकराज गिरी – छक्का पञ्जा
    २ प्रदीप भट्टराई – जात्रा
    ३ लक्ष्मण सुवेदी – लालजोडी
    ४ हेमराज बिसी – गाजलु
    ५ देब नेपाल – मेरो देश

    १५) उत्कृष्ट ५ पटकथा
    १ रामबाबु गुरुङ – पुरानो डुँगा
    २ निश्चल बस्नेत- लुट-२
    ३ प्रदीप भट्टराई – जात्रा
    ४ दीपकराज गिरी- छक्का पञ्जा
    ५ हेमराज बिसी – गाजलु

    १६) उत्कृष्ट ५ कथा
    १. उदय सापकोटा सुरेन – मेरो देश
    २.रामबाबु गुरुङ – पुरानो डुंगा
    ३. प्रदिप भट्टराई – जात्रा
    ४. मनोज पण्डित – छायाँ
    ५. हेमराज विसी – गाजलु

    १७) उत्कृष्ट ५ नव-नायिका
    १ मरिष्का पोखरेल – के म तिम्रो होईनर
    २ श्रृष्टी श्रेष्ठ – गाजलु
    ३ दीया पुन – बीर बिक्रम
    ४ एलिशा राई – लुट-२
    ५ सहारा कार्की – दर्पणछायाँ-२

    १८) उत्कृष्ट ५ नव-नायक
    १ आर्यन अधिकारी – के म तिम्रो हैन र
    २ महेशमान श्रेष्ठ – द वीनर
    ३ पृथ्बीराज प्रसाई – किस्मत-२
    ४ आकाश श्रेष्ठ – म त तिम्रै हुँ
    ५ सुगम गुरागाई – ब्रासलेट

    १९) उत्कृष्ट ५ नव-निर्देशक
    १. दीपाश्री निरौला – छक्का पञ्जा
    २ प्रदीप भट्टराई – जात्रा
    ३ हिक्मत बिष्ट – द वीनर
    ४ उत्कल थापा – जँगे
    ५ अपिल बिष्ट – झुम्की

    २०) उत्कृष्ट ५ चरित्रअभिनेत्री
    १ बसुन्धरा भुषाल – छक्का पञ्जा
    २ गौरी मल्ल – गाजलु
    ३ गौरी मल्ल – के म तिम्रो हैन र
    ४ अरुणा कार्की – छायाँ
    ५ रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले

    २१) उत्कृष्ट ५ चरित्र अभिनेता
    १ सरोज खनाल – दर्पण छायाँ-२
    २ प्रकाश घिमिरे – जात्रा
    ३ शिशिर राणा – बीर बिक्रम
    ४ नविन श्रेष्ठ – उहिले बाजेको पालामा
    ५ अमितेष शाह – बाजिगर

    २२) उत्कृष्ट ५ सह-अभिनेत्री
    १ बर्षा राउत – छक्का पञ्जा
    २ सुस्मिता केसी – म त तिम्रै हुँ
    ३ मलिना जोशी – झुम्की
    ४ मेनुका प्रधान – गाजलु
    ५ श्रद्धा प्रसाई – दर्पण छायाँ-२

    २३) उत्कृष्ट ५ सह-अभिनेता
    १ कर्मा – लुकामारी
    २ जीतु नेपाल – छक्का पञ्जा
    ३ सलोन बस्नेत – गाजलु
    ४ सुशान्त कार्की – तीन घुम्ती
    ५ रामबाबु रेग्मी – उमँग

    २४) उत्कृष्ट ५ सम्पादक
    १ सुरेन्द्र पौडेल – लप्पन छप्पन
    २ सुरेन्द्र पौडेल – गाजलु
    ३ बिपिन मल्ल – छक्का पञ्जा
    ४ बनिश शाह/भूपेन्द्र अधिकारी- निर्भय
    ५ उज्ज्वल ढकाल – जँगे

    २५) उत्कृष्ट ५ छायाँकार
    १ पुरुषोत्तम प्रधान – छक्का पञ्जा
    २ पुरुषोत्तम प्रधान – लप्पन छप्पन
    ३ शैलेन्द्रध्वज कार्की – गाजलु
    ४ सुसन प्रजापति – जँगे
    ५ रामशरण उप्रेती – निर्भय

    २६) उत्कृष्ट ५ अभिनेत्री
    १ प्रियंका कार्की – छक्का पञ्जा
    २ मेनुका प्रधान – पुरानो डुंगा
    ३ रिश्मा गुरुङ – झुम्की
    ४ गरिमा पन्त – तीन घुम्ती
    ५ शिल्पा पोखरेल – किस्मत-२

    २७) उत्कृष्ट ५ अभिनेता
    १ दयाहाङ राई – बीर बिक्रम
    २ बिपिन कार्की – जात्रा
    ३ माओत्से गुरुङ – पुरानो डंुगा
    ४ निखिल उप्रेती – निर्भय
    ५ सौगात मल्ल – लुकामारी

    २८) उत्कृष्ट ५ निर्देशक
    १ हेमराज बिसी – गाजलु
    २ निश्चल बस्नेत – लुट-२
    ३ रामबाबु गुरुङ – पुरानो डुँगा
    ४ मिलन चाम्स – बीर बिक्रम
    ५ मधुसुधन भट्टराई – निर्मय

    २९) उत्कृष्ट ५ चलचित्र
    १ छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
    २ जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
    ३ गाजलु – रोहित अधिकारी फिल्मस्/विसी मोसन पिक्चर्स
    ४ लुट-२ – पि्रन्सेस मुभि /ल्व्याक हर्स पिक्चर्स
    ५ पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माउत्से गुरुङ फिल्मस्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु