• ढकाल एकल साँझ सम्पन्न । नयाँ वर्षमा नयाँ सोच

    म्यूजिक खबर
    प्रकाशित: १ बैशाख २०७१, सोमबार

    काठमाडौं, १ बैशाख । गायक रामकृष्ण ढकालले तेश्रो सुमधुर साँझ २०७० सम्पन्न गरेका छन् । नयाँ वर्षको सुरुवातसँगै नयाँ सोचमा लागेका ढकालले आफ्नो सुमधुर साँझलाई अन्तर्राष्ट्रिय स्तरको साँझ भएको दाबी गरेका छन् । २५ जना बाद्यवादनको टोलीसहित एकल गायनमा उत्रिएका ढकालले गायिका संगीता राणा, ज्ञानु राणाको साथमा आफ्नो चर्चित गीतहरुलाई प्रस्तुत गरेका थिए ।
    स्वरसम्राट नारायण गोपालको निधनपछि उनको अभावलाई पूर्ति गर्न ढकालको गायन यात्राले ठूलो योगदान गरेको छ । नारायण गोपालकै निरन्तरतामा ढकाललाई लिइने गरिएको छ । ढकालको गायन यात्रामा गाइएका चर्चित गीतहरुलाई सुमधुर साँझमा प्रस्तुत गरेका थिए । विहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस् बोलको गीतबाट आफ्नो प्रस्तुतिको उद्घाटन गरेका ढकालले ओराली लागेको हरिणको चाल भो लगायतका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो । उनको गायनका अलावा विश्व नेपाली, प्रकाश तिमिल्सिनाले आफ्नो प्रस्तुतिहरु दिएका थिए भने जितु नेपालले दर्शकहरुलाई हँसाएका थिए । ग्रीस्मा इन्टटेनमेन्टको आयोजनामा होटल याक एण्ड यतिमा सम्पन्न भएको गरिएको उक्त कार्यक्रमलाई अहिलेसम्मकै उत्कृष्ट एकल साँझका रुपमा लिइएको थियो । उक्त अवसरमा दृष्टिविहीन गायक प्रकाश तिमिल्सिनाको आँखा प्रत्यारोपणका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
    उक्त अवसरमा गायक ढकालले नयाँ वर्षको सुरुवातसँगै आफ्नो नयाँ गीतिसंग्रह निहुराउको सार्वजनिक गरेका थिए । उत्तम सञ्जेलको रचना, न्ह्यू बज्राचार्यको संगीतमा गायक ढकालको एकल स्वर समावेश गरिएको उक्त एल्बमलाई ९ वटा गीतहरु समावेश गरिएको छ । न हुन्न भन्छे उ, एउटा पत्र आउला, तिम्रो मलाई माया, आँखैभित्र छिरौंन, तिम्रो रुप मेरो मन, मनै मान्दैन, मुसुक्क हाँस्दैमा, तिमी छौ माया छ, फूल रोप्न चाहनेले जस्ता गीतहरु रहेका छन् ।

    ramkrishna dhakal (10) ramkrishna dhakal (9) ramkrishna dhakal (8) ramkrishna dhakal (7) ramkrishna dhakal (6) ramkrishna dhakal (5) ramkrishna dhakal (4) ramkrishna dhakal (3) ramkrishna dhakal (2) ramkrishna dhakal (1) ramkrishna dhakal (16) ramkrishna dhakal (15) ramkrishna dhakal (14) ramkrishna dhakal (13) ramkrishna dhakal (12) ramkrishna dhakal (11)

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु