• ढकाल र आचार्यलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २० चैत्र २०७१, शुक्रबार

    काठमाडौं । गीतकार संघ नेपालले गीतकार श्रीपुरुष ढकाल र महेशचन्द्र आचार्यलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संघकै सभाहलमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी गीतकार ढकाल र आचार्यलाई सम्मान गरेको हो । संघका सदस्यसमेत रहेका ढकाल लोकसेवा आयोगको सदस्यमा चयन हुनुभएको र आचार्य रेडियो नेपालको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा आधुनिक गीत लेखनबाट प्रथम हुन सफल हुनुभएकोमा संघले बधाई तथा सम्मान गरेको हो । ढकाल र आचार्य संघका सदस्यसमेत हुन् ।
    गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, चुडामणि देवेकाटालगायतका वरिष्ठ गीतकारहरुको आतिथ्यता रहेको थियो ।

    gitkar kiran kharel ratna shamsher

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु