• तामाङले ल्याए चोखो माया

    म्यूजिक खबर
    प्रकाशित: २ मंसिर २०७२, बुधबार

    काठमाडौं । गीतकार मीनबहादुर तामाङले एकल रचनामा गीति एल्बम चोखो माया ल्याएका छन् । राधानीमा एक कार्यक्रमको आयोजना गरी लामाले चोखो मायालाई सार्वजनिक गरेका हुन् । बरिष्ठ गीतकार डा. कृष्णहरि बराल, अन्तर्राष्ट्रि नेपाली साहित्य समाज (अनेसास)का बरिष्ठ उपाध्यक्ष तथा नेपाल च्यापटरका अध्यक्ष राधेश्याम लेकाली, स्काई टेलिभिजनका अध्यक्ष राजेन्द्र श्रेष्ठ, चलचित्र कलाकार संघका सचिव, उतम केसी, गीतकार मीनबहादुर तामाङ, निर्देशक मिनसागर लामालगायतले ‘चोखो माया’लाई संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।
    दश बटा गीत रहेको उक्त एल्बमका दुई बटा गीतको म्युजिक भिडियो पनि उक्त अवसरमा सार्वजनिक गरिएको थियो । एल्बमा चोखो माया, सेतो हिमाल, माछा खेल्ने पानीमा, तिमीले भन्यौ हेरि दिए, मुहार काली, उक्कालिको चिसो पानी, सुनको गजुर, हिमचुलीको हिमशिखर जस्ता गीतहरु समावेस गरिएको छ ।

    chokho maya-2

    मिलन अमात्य, बिक्रम लिम्बु, दिलु तमाङ, जितु लामा लोपचान, दिपक लिम्बु, रुपेश गुरुङ, विश्व नेपाली, सन्तोष प्रगाढ, श्रृजना कपाली र अमृता लिम्बुको आवाज रहेको उक्त एल्बमका सबै गीतहरुलार्ई मिनबहादुर तामाङले कोरेका हुन भने सन्तोष प्रगाढको संगीत संयोजन रहेको छ ।
    एल्बम सार्वजनिक समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै डा. कृष्णहरि बरालले एल्बममा रहेका गीतहरु मन छुने खालका भएको र गीतको भिडियोले अझ आकर्षित गर्ने बताए भने राधेश्याम लेकालीले गीतकार तामाङलाई बधाई दिँदै एल्बमको सफलताको शुभकामना ब्यक्त गरे । युथ क्रिएशनका रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको ‘चोखो माया’ सार्वजनिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गीता अधिकारीले गरेकी थिइन ।

    radheshyam-krishnahari

    विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरिएको उक्त कार्यक्रममा आफु नेपाल बाहिर बस्दै आएको भए पनि नेपाली परिवेश, यहाँको माटो, भाषा, साहित्य, कला र संस्कृति सधै आफ्नो मानस पटलमा रहिरहेकोले त्यसैको उपज आज चोखो मायाको रुपमा बजारमा आएको गीतकार मिनबाहदुर तामाङले बताए । एल्बमलाई युथ त्रिएशनले बजारमा ल्याएको छ । एल्बमा रहेका गीतको म्युजिक भिडियोमा बुद्ध थिङ, मनोज श्रेष्ठ, संजिता, अनिता बस्नेत, अंकीलगायतकाको अभिनय रहेको छ भने दिपेन्द्र भट्टको छयाँकन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु