• तिजका भाकामा माया पिरती मिसिनु समयको माग हो: शर्मा

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७१, सोमबार

        राधिका अधिकारी/ पर्वत, ९ भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा गाँउ तथा सहरमा महिलाहरुको बाक्लो उपस्थितीले यो पर्व मनाईरहेको देख्न सकिन्छ । हिजो आज पहिलाको तुलनामा तिजको भाका र रौनक बैग्लै भएको छ । पहिला पहिला यो पर्वलाई चेली र माईतीको सम्बन्ध सेतुका रुपमा हेरिन्थ्यो । तिजको अवसर पारेर महिला दिदी वहिनीहरुले आफ्ना मनभरीका पीडाहरु गीत मार्फत ब्यक्त गर्ने गर्थे । तर हिजो आज तिजका नाममा गाईने गीतहरुमा भाका पनि भेटिन छाडेका छन् । हुनत पछिल्लो समय कलाकारहरुले तिजको भाका फेरिनु समयको माग भन्दै आएका छन् । पछिल्लो समय नेपाली लोक गायनको क्षेत्रमा ख्याती कमाएका गायक पशुपती शर्मा भन्छन पहिला जस्तो आजका छोरी बुहारीहरु सासु वा घरबाट प्रताडित छैनन् । तिजका भाकामा माया पिरती मिसिनु समयको माग हो । समयको माग संगै तिजका भाकामा मात्रै हैन तिज मनाउने तौर तरिका र शैली समेत फरक भएको छ । बिभिन्न संघ संस्थाहरुले तिजको अवसर पारेर बिभिन्न चेतनामुलक कार्यक्रमो आयोजना गर्ने लर बढ्दो छ । यहि लहरमा पर्वतको कुश्मा रहेको सामुदायीक रेडियो, रेडियो दिदी वहिनी पनि थपिएको छ ।

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसर पारेर पर्वत जिल्लाको कुश्ममा अवस्थित सामुदायिक रेडियो दिदीवहिनीले बृहत छैठौं पश्चिमाअञ्चल महिला महोत्सवको आयोजना गर्ने भएको छ । आउँदो भाद्र १२ गतेबाट कुश्माको बान्दे्रविडि चौरमा आयोजना हुन लागेको सो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेडियोका अध्यक्ष कल्पना चापागाईले बताउनु भएको छ । महोत्सवका अवसरमा बिभिन्न सांकृतीक तथा प्रतियोगीतात्मक कार्यक्रमरु सञ्चालन हुने छन् । भाद्र १२ गतेबाट सुरु हुने यो महोत्सव ३ दिनसम्म चल्ने छ ।

    teej

    २०६६ साल फागुन २४ गतेबाट आफ्नो प्रसार यात्रा सुरु गरेको यस सामुदायिक रेडियोले विगतका बर्षहरुमा पनि महिला महोत्सवको आयोजना गर्ने गरेको थियो । कला र संस्कृतिको सरक्षण र घरेलु बस्तुको प्रर्बद्धन गदै महिलाहरुको महान पर्व हरितालिका तिजलाई नाच्न गाउनेमा मात्र सिमीत नराखी महिलाहरुको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न प्रतिस्पर्धा मार्फत चेतना अभिवृद्धि गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष कल्पना चापागाईले जानकारी दिनु भयो ।

    भाद्र १२ गते महोत्सव उदघाटन सगै १३ र १४ गते विभिन्न जिल्लाका प्रतियोगीहरु साथै खुल्ला तिज गित प्रतियोगिता, विद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगिता तथा वक्तृत्वकला, उत्कृष्ट ¥याली प्रदर्शन प्रतियोगिता, निशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्यिस्तरका लोक गायकगायिकाको सागिंतिक प्रस्तुती लगायतका अन्य प्रस्तुतिहरु समावेश गरिने छ । ३ दिनसम्म चल्ने महोत्सवमा लोक गायक पशुपति शर्मा, गायिका राधिका हमाल, टिका पुन, नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल लगायतको उपस्थिती रहने छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु