• तिज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३ भाद्र २०७१, मंगलवार

    काठमाडौं, ३ भाद्र । सांस्कृतिक पर्व तीजका अवसरमा गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन भन्ने धेयका साथ आयोजना गरिन लागेको तीज म्यूजिक अवार्ड –०७१ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ ।
    नेपाली गीत÷संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहिँ माथी यसको विकासमा समेत प्रभावकारी भूमिका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांकृतिक परम्पराले गीत–संगीतलाई मौलिक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलिक संगीतको विकासमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोली बदलिँदो परिस्थितिमा पुरुष स्वर पनि प्राथमिकतामा आउन थालेको छ । भलै यसमा क्रिया–प्रतिक्रिया आए पनि वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जिन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप–प्रत्यारोप जे भए पनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै बजाज इन्टरटेन्टमेन्टले तीज म्युजिक अवार्ड –०७१ को आयोजना गर्न लागेको तीज म्यूजिक अवार्ड ०७१ का अध्यक्ष बी.एस. लामिछाने (राजु बजाज) द्वारा प्रेषित विज्ञप्तीमा उल्लेख छ ।
    सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको बताइएको छ । तीज म्यूजिक अवार्ड – ०७१ आगामी भाद्र १० गते एक भव्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरिँदैछ । उक्त अवसरमा तीजको सांस्कृतिक प्रस्तुति सहित सहभागीलाई दर खुवाएर रिति एवं परम्पराको सम्मान गर्दै कार्यक्रमलाई मौलिक एवं भव्य बनाइने बताइएको छ ।
    तीज म्यूजिक अवार्ड सम्पन्न गर्नका निमित्त मोहन निरौला, प्रदीप उदय, दिनेश डिसी, नारायण रायमाझी, दुर्गा रायमाझी, आर.सी. कोइराला एवं चन्द्र शर्मा सम्मिलित ७ सदस्यिय सल्लाहकार समिति बनाइएको छ भने यो अवार्डको सदस्य–सचिव सुमन बैरागी, कार्यक्रम संयोजक सन्तोष श्रेष्ठ, निर्देशक शान्तिप्रिय र अध्यक्ष भने बी.एस. लामिछाने (राजु बजाज) रहेका छन् ।
    तीजका अवसरमा खासगरी मौलिक गीतलाई नै आत्मसात गरिएको रबिकृतजन्य गीत जति नै चर्चामा आए पनि अवार्डको माध्यमबाट प्रोत्साहित नगरिएको आयोजकले बताएका छन् । मुलत मौलिक गीत वा हाम्रो मान्यता तथा परम्परा कायम राखेका गीतलाई नै आधार मानेर हामीले उत्कृष्ट ५ सार्वजनिक गरेका छौं विज्ञप्तिमा उल्लेख छ ।

     

    mandavi

    सार्वजनिक गरिएको उत्कृष्ट ५ मनोनयन यसप्रकार छ –
    १.उत्कृष्ट तीज गीत भिडियो सम्पादन
    प्रविन रेश्मी मगर – आमाले दिएको
    प्रविन भट्ट – अहिलेको तीजमा
    देवेन्द्र शाह – वर माग्छु शिवजी
    विष्णु शर्मा – झल्को माइतीको
    निशान घिमिरे – तीजको आयो लहर

     

    २.उत्कृष्ट तीज गीत भिडियो छाँयाकार
    सुदिप बराल – वर माग्छु शीवजी
    दुर्गा पौडेल – झल्को माइतीको
    राजेश घिमिरे – मलाई त कति मज्जा
    ज्ञानेन्द्र शर्मा – म त फुरुक्कै
    शिवराम श्रेष्ठ – च्वाप्प म्वाइ खाँउला

     

    ३.उत्कृष्ट तीज गीत भिडियो मोडल (पुरुष)
    विजय थापा – आशिर्वाद माग्छु
    बब्वु थापा – वर माग्छु शिवजी
    महेन्द्र गौतम – लाजैले मरिन्छ
    शंकर वि.सी – मेलम्चीको पानी
    नरेश विर सिंह – आगो प¥यो

     

    ४.उत्कृष्ट तीज गीत भिडियो मोडल (महिला)
    दिपाशा वि.सी – अहिलेको तिजमा
    नीता ढुंगाना – वर माग्छु शिवजी
    पार्वती राई – हाम्रा बाउका ज्वाइँले
    पुर्णिमा श्रेष्ठ – मेलम्चीको पानी
    सगुन शाही – वर्षै र दिनको

     

    ५.उत्कृष्ट तीज गीत भिडियोे निर्देशक
    शंकर वि.सी – आमाले दिएको
    प्रकाश भट्ट – आशिर्वाद माग्छु
    बब्वु थापा – वर माग्छु शिवजी
    गोविन्द राई – तीजको आयो लहर
    कपिल लामा – वर्षै र दिनको

     

    ६.उत्कृष्ट तीज गीत एरेञ्जर
    झलक संगीतम् – अहिलेको तीजमा
    विनोद वाजुराली – छम्म छम्म छम्म
    वि.वि. अनुरागी – पिरको व्यथा सारा
    अर्जुन पोखरेल – झल्को माइतीको
    महाराज थापा – तीजको आयो लहर

     

    ७.उत्कृष्ट तीज दोहोरी गीत गायक
    खुमन अधिकारी – आशिर्वाद माग्छु
    तिलक वली – हङ्कङको सारी
    सुरेन्द्र सुनार – मेलम्चीको पानी
    रमेशराज भट्टराई – सानुमाया
    किरण बावु पुन – लभ म्यारिज

     

    ८.उत्कृष्ट तीज दोहोरी गीत गायिका
    रमिला न्यौपाने – आशिर्वाद माग्छु
    पुर्णकला वि.सी÷उमा श्रेष्ठ – बुढा आधा आधा
    सरिता कार्की – लाजैले मरिन्छ
    लक्ष्मी ढकाल – सानुमाया
    शान्ति सुनार – सत्य कसम

     

    ९.उत्कृष्ट तीज गीत शब्द
    गोविन्द प्रसाद उपाध्याय – आमाले दिएको
    हरि विष्ट – टिपन सकिन खाइन वरिलै
    गायत्री थापा – माइती देश
    कुमार विवाहित – तिजको आयो लहर
    गणेश चौलागाई – वर्षै र दिनको तीजै

     

    १०.उत्कृष्ट तीज गीत भाका(लय)
    हरि लम्साल – आमाले दिएको
    हरि विष्ट – अहिलेको तीजमा
    बिमल डाँगी – छम्म छम्म
    पुस्कल शर्मा – नरोए आमा
    सुरेश अधिकारी – तिजको आयो लहर

     

    ११.उत्कृष्ट तीज गीत गायिका
    टीका पुन – अघिपछि भुल्छु आमा
    स्वरुपा रसाइली – पिरको व्यथा सारा
    माण्डवी त्रिपाठी – रातो सारीे
    देवीका बन्दना – म त फुरुक्कै
    सुनीता दुलाल –तीजको आयो लहर

     

    १२.उत्कृष्ट तीज गीत
    गैरा बारि – हरि विष्ट÷गंगामाला फिल्मस्
    आमाले दिएको – शोभा त्रिपाठी÷सितारा म्यूजिक
    तिजको आयो लहर – सुनिता दुलाल÷कमलादेवी डिजिटल
    झल्को माइतीको – मञ्जु पौडेल÷आशिष म्यूजिक
    गायत्री थापा – वर माग्छु शिवजी÷शिवदर्शन डिजिटल

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु